सनराइज बैंकमा खाता खोल्न अझै सजिलो

Advertisement

काठमाडौँ । सनराइज बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । 

यस सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल ट्रान्जेक्शन समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी आफैँले मुद्दती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । 

Advertisement

यसरी अनलाइनबाट खोलिएका ‘सनराइज स्मार्ट बचत खाता’ शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ । खाता खोल्न र कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन, तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भई आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ । 

कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ मार्फत बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ । 
 

Advertisement

Advertisement