काठमाडौं । चीनले गतवर्षदेखि उत्तरी नाका बन्द गरेका कारण १ वर्षदेखि नेपाली सामानको निर्यात ठप्प भएको छ । चार्टर्ड विमान र भारतीय नाका हुँदै केही सामान गइरहे पनि नाकाबाट हुने निर्यात पूर्णरूपमा बन्द भएको व्यवसायीहरूले बताएका छन् । नेपालबाट चीनतर्फ हस्तकला, गलैंचा, कार्पेटलगायत सामग्रीको राम्रो निर्यात हुने गरेको छ । अघिल्लो वर्ष चीनमा कोभिडको लहर देखिएपछि नेपाली पक्षले नै नाकाबाट हुने कारोबार बन्द गरेको थियो ।
कोरोना विश्वव्यापी बन्दै गएपछि भने चीनले नै नाका बन्द गरेको थियो । त्यसयता व्यवसायीहरूले बारम्बार नाका खुलाउन सरकालाई पहल गर्न आग्रह गरे पनि नाका खुल्न सकेको छैन । गत जेठमा नेपाल–चीन वाणिज्य सचिवहरूबीच भएको सहमतिअनुसार नाका खुलेर आयात आंशिक रूपमा भए पनि निर्यात भने ठप्पै छ ।
आर्थिक अभियान दैनिकबाट ।