‘केपी शर्मा ओली ट्रस्ट’को नाममा गैरकानुनीरुपमा १४० रोपनी जग्गा दर्ता

Advertisement

काठमाडौँ, तेह्रथुम । प्रधानमन्त्री केपी ओलीको ट्रस्टले अवैधानिक तरिकाले जमिन आफ्नो नाममा राखेको पाइएको छ । ‘केपी शर्मा ओली ट्रस्ट’को नाममा तेह्रथुमको आठराईमा भएको १ सय १० रोपनीमध्ये ४० रोपनी जग्गा कानुनले तोकेको सीमाभन्दा धेरै हो । 

२०७१ भदौ २६ गते आठराई–४ र ५ को १ सय १० रोपनी जग्गा मालपोत कार्यालय संक्रान्ति बजार तेह्रथुमले केपी शर्मा ओली ट्रस्टको नाममा पास गरिदिएको कागजात प्राप्त भएको छ । जबकि भूमि ऐन, २०२१ ले कुनै व्यक्ति या संस्थाले काठमाडौंबाहिरका पहाडी क्षेत्रको जग्गा ७० रोपनीभन्दा धेरै राख्न नपाउने स्पष्ट व्यवस्था गरेको छ ।

Advertisement

प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य संरक्षक तथा अध्यक्ष रहेको ट्रस्टले आठराई–४ र ५ को जग्गा खरिद गरेको थियो । सात सदस्यीय ट्रस्ट सञ्चालक समितिमा अरू पदाधिकारी भने परिवार र नातागोताबाहिरका छन् । मालपोत कार्यालय संक्रान्ति बजारले दिएको जग्गाधनी पुर्जामा ‘केपी शर्मा ओली ट्रस्टको कार्यालय बालकोट–४ भक्तपुर’ उल्लेख छ । प्रधानमन्त्री ओलीको निजी निवास पनि बालकोटमै छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement