नेपाल सुनचाँदी ब्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित

Advertisement

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको शुक्रबारदेखि काठमाडौंमा शुरु भएको सातौं तथा आठौँ बार्षिक साधारणसभा एवम् तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । महाअधिवेशनले वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यलाई सर्वसम्मतरुपमा अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

साधारणसभावाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली, उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भएका छन् । यस्तै एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित भए भने महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्धयमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्म निर्वाचित भए । प्रवक्तामा मनोजकुमार शाह र सह कोषध्यक्षमा पद्मशुन्दर शाक्य निर्वाचित हुनु भएका छन् । 

Advertisement

महासंघका विधानमा ५५ सदस्यीय कार्यसमिति रहने ब्यवस्ता बमोजिम सवै पदमा निर्विरोध भएको हो । साधारणसभाले विधान संशोधनगरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न ब्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार प्रस्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गावहादुर सुनार, महेन्द्ररत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहेका छन् । यस्तै प्रस्तावित सचिवमा केशवहादुर सुनार तथा सहकोषध्यक्षमा रमेश रसाइली हुन् । नयाँ ब्यवस्था अनुरुप अव महासंघमा ७७ जनाको कार्यसमिति रहने छ ।

महासंघका अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएका महाअधिवेशनको पहिलो दिन शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रैष्ठले उद्घाटन गरेका थिए । संघीय संरचना अनरुप आफूलाई अगाडि बढाएको महासंघले यसअघि नै प्रदेशगतरुपमा नयाँ नेतृत्व चयन गरिसकेको छ । केन्द्रिय नेतृत्वमा प्रत्येक प्रदेशवाट दुई÷दुई जनाकादरले १४ जना र बाँकी एक महिलासदस्य सहितका पदाधिकारी एवम् सदस्यहरु केन्द्रिय तहवाट छनौट गर्ने ब्यवस्था विधानमा छ ।  ।  
     
 

Advertisement

Advertisement