नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन

Advertisement

काठमाडौं । नेपाल मैदा उद्योग संघको २२औं बार्षिक साधारण सभाले कुमुद दुगडलाई आगामी दुई बर्षको लागि निर्विरोध अध्यक्ष चयन गरेको छ । शुक्रबार सम्पन्न सभाले प्रथम उपाध्यक्षमा दिनेश अग्रवाल, द्धितीय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतीय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ । 

दुगड यसअघि पनि संघको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । उनी पुनः अध्यक्ष चयन भएका हुन् । साथै, सभाले मैदा उद्योगसँग सम्वन्धित विभिन्न विषयहरु पनि पास गरेको छ । 

Advertisement

सभाले पारित गरेका प्रस्तावहरु इस्ता छन्ः 
१) मुअकरका कारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकेको हुँदा मुअकर छुटमा बिचार गरिदिन नेपाल सरकार समक्ष अनुरोध गर्ने । 
२) मैदा नेपालमै आत्मनिर्भर भइसकेको हुँदा अन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज हुनुपर्ने ।
३) कच्चा पदार्थ गहुँ र तयारी बस्तु मैदा आयात गर्दा भन्सार मुल्याङ्कन कमसेकम दुई तहले फरक हुनुपर्ने ।
४) गहुँ र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तिमा पनि दुई तह फरक हुनुपर्ने । 
५) गहुँ आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाई उद्योगकै नाममा गहुँ आयात गर्दा १ प्रतिशत हुनुपर्ने । कमसेकम अफ सिजनमा भएपनि स्वदेशी उद्योगलाई सहुलिएत दरमा गहुँ आयात गर्न पाउनुपर्ने । 
६) फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनुपर्ने । 
७) नेपालमा गहुँ उत्पादन बढाउन किसान, सरकार र व्यवसायिको सहकार्य गर्दै जाने ।
८) मैदा निर्यातमा दिंदै आएको निर्यात अनुदान लाई पुनः ५ प्रतिशत कायम हुनुपर्ने । जसले गर्दा स्वदेशी मैदा विदेश निर्यात हुने ।

Advertisement

Advertisement