काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजारमा उत्साह छाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २८.४६ अंकले बजार बढेको हो । १.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १३१५.०० अंकमा उक्लिएको छ ।
आज २०८ कम्पनीका १ करोड ५० लाख ३५ हजार २ सय २१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपियाँ बराबरको करोबार भयो ।
जलविद्युत समूह बाहेक अरु सबै समूहमा आज हरियाली छाएको छ ।
नेप्सेका अनुसार आज साल्ट ट्रेडिङ कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने अरु १५ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत भन्दा बढी नाफा कमाए ।
युनाइटेड फाइनान्स लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी ५.७१ अंकले घाटा व्यहोरेका छन् । आज सबैभन्दा बढी नेपाल टेलिकमको शेयर किनबेच भएको छ । टेलिकमको ५८ करोड १० लाख १२ हजार ६६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।