सात महिनामै आठ खर्ब रुपियाँभन्दा बढिको आयात

Advertisement

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ ।

विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो सात महीनामा रू. आठ खर्ब बढीको आयात भएको छ । विभागले सार्वजनिक गरेको सात महीनाको (साउनदेखि माघ मसान्तसम्म) तथ्यांकअनुसार रू. आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ ।

Advertisement

गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव शून्य एक प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा रू. आठ खर्ब तीन अर्ब बढीको आयात भएको थियो । यसैगरी सात महीनाको अवधिमा रू. ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अबधिको तुलनामा ७ दशमलव ६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । 

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement