अम्बे स्टील्स्द्वारा डिलर सम्मेलन २०७७ सम्पन्न

Advertisement

काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्स्ले फाल्गुन १४ गते शुक्रबारका दिन नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका बरिस्ठ उच्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । सम्मेलनको मुख्य उद्देश्य वर्षौंदेखि अम्बे स्टील्स्ले ग्राहकलाई प्रदानगर्दै आएको बिक्रीतथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलर बीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो ।

Advertisement

अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपाल गञ्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४ सय टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउदै आएको छ । यस कम्पनीबाट उत्पादित टिएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो । हाल यसले एफई५००डी छड पनि उत्पादन गरी उपभोक्तामाझ पु¥याउदै आएको छ ।

कार्यक्रममाकम्पनीलाई नयाँउचाईमापुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मानगर्दै कम्पनीकाआगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको थियो ।

सम्मेलनमा उपस्थीत सम्पूर्णलाई सम्बोधनगर्दै अम्बे स्टील्स्का प्रतिनिधिले भने, “यहाँहरुको मिहेनत र ग्राहकसेवाले गर्दा कम्पनीले नयाँ उचाई मापन गरेको छ । यसको लागि देशभरका डिलरहरु प्रति आभार प्रकट गदछौं । हामीहरुले यो उचाई कायम राख्न अझै बढि ग्राहक सेवामा केन्द्रित रहेर बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिलगर्न हामी निरन्तर लागि पर्नुपर्छ ।”
 

Advertisement

Advertisement