प्रिमियर इन्स्योरेन्सको एजीएमबाट ११.०५ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौँ । प्रिमियर इन्स्योरेन्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।  

साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको ११.०५ प्रतिशतका दरले हुन आउने १९ करोड २३ लाख ३१ हजार ८८० रुपियाँ नगद लाभांश पारित गरेको हो ।

Advertisement

सभालाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले कोभिड माहामारीको बीचमा पनि कम्पनीको प्रगती सन्तोषजनक रहेको बताए । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ३६ करोड ९९ लाख ४४ लाख मुनाफा आर्जन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

Advertisement

Advertisement