वाणिज्य बैंकहरूको कर्जा लगानी र निक्षेप संकलन न्यून, तरलता र ब्याजदरमा कस्तो असर पर्ला ?

Advertisement

काठमाडौं । असार पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा लगानी दुबै न्यून देखिएको छ । असारको पहिलो साता बैंकहरूको निक्षेप संकलन बढ्न सकेको छैन भने कर्जा लगानी तीन अर्ब रुपियाँले मात्रै बढेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

असारपछि लकडाउन केही खुकुलो भएको भए पनि बैंकहरूको निक्षेप र कर्जा लगानीको अवस्था भने निकै न्यून देखिन्छ । संघको तथ्याङ्क अनुसार असार ४ गतेसम्ममा बैंकहरूले जम्मा ३९ खर्ब ९१ अर्ब रुपियाँ निक्षेप संकलन गरी ३६ खर्ब ५० अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् ।
 
संघको तथ्यांक अनुसार समग्रमा निक्षेप संकलन नबढेको भएता पनि यो हप्ता बैंकहरूको आन्तरिक र रकमको निक्षेप संकलन आठ अर्ब रुपियाँ बढेको छ भने विदेशी मुद्राको निक्षेप आठ अर्ब रुपियाँ घटेको छ । यस्तै, यो हप्ता बैंकहरूको आन्तरिक कर्जाल गानी गत हप्तासम्म जस्तै स्थिर छ भने विदेशी मुद्रातर्फको कर्जा लगानी चार अर्ब रुपियाँले बढेको छ । तथ्याँक अनुसार बैंकहरूको औषत सिसिडि रेशियो भने ७८.६२ प्रतिशत कायम भएको संघको तथ्यांकमा उल्लेख छ ।
 
बैंकमा निक्षेप संकलन न्यून हुँदा बैंकमा तरलताको अभाव हुन सक्छ  । तर, अहिले पनि बैंकसँग एक खर्बसम्म कर्जा लगानी गर्न सक्ने क्षमता रहेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका कार्यकारी अधिकृत भुवन दाहाल बताउछन् । यसकारण तत्कालको लागिको बैंकहरूमा तरलताको अभाव नहुने दाहाल बताउछन् । अहिले कर्जा लगानी केहि बढेको भए पनि निक्षेप संकलन स्थिर हुनुको कारण हाल बैंकहरूले सरकारी ऋणपत्रमा लगानी गरिरहेका छन् । यसको कारण पनि कर्जा लगानीमा सामान्य बृद्धि भएको हो ।

Advertisement

उनी भन्छन्, ‘अहिलको अवस्था हेर्ने हो भने बैंकहरूमा तरलता कम नै छ । यसकारण बैंकहरूको ऋणको ब्याजदर पाँच प्रतिशतको हाराहारीमा पुगेको छ । अन्तरबैंकको ब्याजदर पनि पाँच प्रतिशतको हाराहारीमा पुगेको छ । तर, यसको मतलब बैंकहरूले कर्जा प्रवाह गर्न सक्ने अवस्था छैन चाहिँ भन्न मिल्दैन । सरकारको खर्च बढ्ने भएको कारण पनि अहिले बैंकको तरलतामा केहि समस्या आएको हो । अहिले पनि बैंकहरूको सिसिडि रेसियो ७८.६२ छ । बैंकहरुले ८५ प्रतिशतसम्म सिसिडि रेसियोमा कर्जा लगानीगर्न सक्छन. दाहाल भन्छन् ।’

गत वर्ष यो समयमा बैंकिङ प्रणालीमा दुई खर्ब रुपियाँ भन्दा धेरै तरलता थियो । अहिलेको बैंकिङ प्रणालीमा ३८ अर्ब रुपियाँ तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवत्ता देवकुमार ढकाल बताउछन् । ढकाल भन्छन्, ‘अहिले नै बैंकिङ प्रणालीमा तरलता अभाव छ भन्न मिल्दैन । अहिलको अवस्थामा तरलता सामान्य नै छ । तर, भोलिका दिनमा सरकारी खर्च सोचेअनुसार बढेन, भएका पैसाहरू सरकारी कोषमा थुप्रिन थाल्यो, रेमिट्यान्सको घट्यो, राजस्वमा बृद्धि हुन सकेन भने तरलता अभाव हुन सक्ने सम्भावना रहन्छ ।’

Advertisement

Advertisement