आज (असोज ४)को राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज २०७८ साल आश्विन महिनाको ४ गते सोमबार, भाद्र शुक्लपक्षको पूर्णिमा तिथि । आज चेपाङ्गहरुको चोनाम पर्व रहेको छ । 

मेष 
मनमा हुने उदासिनताले गर्दा उत्साह र उमङ्गको कमि हुन जाने छ । कडा खालको बोली हुने हुँदा यसले आफैलाई असर गर्ने छ । पारीवारिक जीवनमा द्वन्द देखा पर्ने छ । जीवनमा प्राप्त भए गरेका उपलब्धिहरुका बारेमा मनमा खुशीको आभाष कम हुन जाने छ । शेयर क्षेत्र फलदायी रहने छ ।

Advertisement

वृष
कडा शैलीको व्यक्तित्व बन्ने छ । मनमा दृढता आउने छ । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । प्रेममा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा प्रममय वातावरण तयार हुने छ । रिस धेरै हुन जाने छ । व्यापार, विजनेशमा आवद्धहरुलाई फाइद मिल्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

मिथुन 
पेशागत जीवनमा सफलता प्राप्त हुने छ । पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । व्यक्तित्वमा दृढता बृद्धि हुने भएकाले उच्च शैलीको व्यक्तित्व हुने छ । मनमा भने दुविधाका क्रमहरु एकपछि अर्काे गरि आउने छ । शेयर क्षेत्र हल्का फाइदादायी रहने छ । 

कर्कट
कमजोर खालको मनोबल बन्न जाने छ । साझेदारीमा गरिएका काममा विलम्ब तथा मनमुटावहरु देखा पर्ने छ । शारीरिक रुपमा थकान र कमजोरी देखिने छ । सञ्चित धनमा नोक्सानी हुने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र चुनौतिपूर्ण देखिन्छ । 

सिंह
पेशागत जीवनमा उन्नतिका नतिजाहरु प्राप्त हुने छ । पेशाप्रति समर्पित रही नतिजामुखि बनेर काम गर्न मन लाग्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने वादविवादका क्रमहरु देखा पर्ने छन् । शारीरिक सुखको अभाव हुने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् । 

कन्या
भाग्य बलियो रहेकाले गर्न खोजेका कामहरु अनुकुल रहने छन् । मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । मनोबल भने कमजोर बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा उल्झनहरु देखा पर्ने छन् । शेयर क्षेत्र सकारात्मक रहने छ ।

तुला
व्यवस्थापकीय क्षमतामा कमि आउने छ । जसले गर्दा व्यवस्थापकीय भूमिका निर्वाह गरिरहेकाहरुको हकमा मूल्यांकनमा कमि आउने छ । काम र पेशा व्यवसायका प्रतिफलहरु परिवारप्रति समर्पित गर्न मन लाग्ने छ । पारीवारिक जीवनमा खुशीयाली वातावरण बन्ने छ । नरमखालको बोली हुने छ । शेयर क्षेत्र औसत रहने छ  ।

वृश्चिक
निर्णय क्षमतामा कमि आउने छ । यसले अन्यौलता बढाउने छ । मनमा सकारात्मक भन्दा नकारात्मक विचारहरुले स्थान लिने छ । भाग्यहिनताले गर्दा आँटेका कामहरु पुरा हुने छैनन् । संयमित भएर पाइला चाल्नु होला । शेयर क्षेत्र संयमित रहनु पर्ने खालको देखिन्छ । 

धनु 
शारीरिक दुर्वलताले पेल्ने छ । मनमा दुविधाका क्रमहरु एकपछि अर्काे गरि आउने हुँदा निर्णय क्षमतामा कमि आउने छ । तर जति सुकै कठिन घडिमा पनि संघर्ष गर्ने दृढता भने मनमा आउने छ । पारीवारिक जीवन शुभ रहने भए तापनि बोलीमा नरमपना ल्याउन नसके असमझदारी आउने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

मकर 
आम्दानीका विषयहरुमा प्रतिवद्ध तरीकाले अघि बढ्न मन लाग्ने छ । दृढ खालको व्यक्तित्व हुँदा हुँदै परि रिस भने असाध्यै बढि हुन जाने भएकाले संयमित रहनु होला । मनमा आउने दृढताले आत्मबलमा बृद्धि गर्ने र अरुसँगको डिलमा सवल बनाउने छ । साझेदारीमा गरिएका कामहरुमा भने द्वन्द निम्त्याउने छ । जीवनसाथिको सल्लाहमा गरिने कामले लाभ दिने छ । शेयर क्षेत्र औसत रहने छ ।

कुम्भ 
प्रतिष्पर्धात्मक क्षमतामा कमि आउने हुँदा अरुले पेल्ने छन् । बोलीको प्रभावमा कमि आउने छ । बौद्धिक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनमा सोचे जस्तो उन्नति प्रगति हुने छैन् । पेशागत जीवनमा सहकर्मीहरुसँग जुधेर अघि बढ्नु पर्ने हुन्छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । 

मीन
भाग्य बलियो रहेको छ । आँटेका कामहरु पुरा हुने छ । पेशागत जीवनमा भने चुनौतिहरु देखा पर्ने वा अनावश्यक आरोप प्रत्यारोपहरु खेप्नु पर्ने भएकाले संयमित रहनु होला । बौद्धिक क्षेत्रमा आवद्धहरुको हकमा समय चुनौतिपूर्ण रहेको छ । आम्दानीमा हल्का बृद्धि हुने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement