आज (असोज ५)को राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज २०७८ साल आश्विन महिनाको ५ गते मंगलबार, आश्विन कृष्णपक्षको प्रतिपदा तिथि । आजदेखि सोह्रश्राद्ध शूरु । आज प्रतिपदा श्राद्ध रहेको छ । 

मेष 
बोलिको प्रभाव बढ्ने छ । भाग्य बलियो रहेको छ । पेशागत जीवन स्थिर रहने छ । पेशाप्रति समर्पित काम गर्न लाग्ने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ । घर घडेरीसँग सम्बन्धि विषयमा भने नोक्सानी ब्योहर्नु पर्ने समय सक्रिय रहेको छ । शेयर क्षेत्र चुनौतिपूर्ण रहने छ ।

Advertisement

वृष
मनमा उदासिनता र निराशाले घेर्ने भएकाले मन नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । बोलीको प्रभाव भने बढ्ने छ । अनावश्यक रुपमा रिसको मात्रा धेरै देखा पर्ने भएकाले यसलाई नियन्त्रण गर्ने प्रयास गर्नुहोला । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

मिथुन 
बोलीको प्रभाव र व्यवस्थापकीय खुबीमा बृद्धि हुने छ । दाम्पत्य जीवनमा सुमधुरता र शितलामा देखा पर्ने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु देखा पर्ने छ । धन सम्पत्ति नोक्सानीतर्फ जाने अवस्था देखिएकाले संयमित रहनु उपयुक्त हुने छ । पेशागत जीवन औसत रहने छ । शेयर क्षेत्र औसत रहने छ । 

कर्कट
व्यक्तित्वमा दुविधा देखा पर्न जाँदा कमजोर मनोबलले भरिएको अवस्था आउने छ । झैझगडाका क्रम बढ्न पुग्ने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । मनमा दुविधाका क्रममा बृद्धि हुने छ । पेशागत जीवनमा पनि संयमित रहेर पाइला चाल्नु पर्ने समय रहेको छ । पारीवारिक साथ र सहयोगले गर्दा परिस्थितिलाई सम्हालन मद्धत पुग्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

सिंह
व्यक्तित्वमा केही ह्रास देखा पर्ने भएता पनि बोलीको प्रभावका कारण आम्दानीमा केही बृद्धि नै हुन पुग्ने छ । प्रेममा सफलता मिल्ने छ भने रोमाण्टिक प्रकृतिको स्वाभावमा पनि बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । घर घडेरी, वाहन जस्ता विषयमा द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा औसत कदमहरु चाल्नु उपयुक्त हुने छ । शेयर क्षेत्र फलदायी रहने छ ।

कन्या
ब्यवस्थापकीय खुवी तथा क्षमतामा बृद्धि हुन जाने छ । पेशागत जीवनमा खुबी बृद्धि हुने छ । पेशागत अवस्था स्थिर रहने छ । बोलीमा आउने प्रभावका कारण पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुन पुग्ने छ । आम्दानीको हकमा द्वन्दको सामना गर्नु पर्ने छ । शेयर क्षेत्र शुभ रहने छ । 

तुला
बौद्धिकतामा बृद्धि हुने छ । बोलीमा तिक्तता देखा पर्ने भएकाले संयमित रहनु नै उपयुक्त हुने देखिन्छ । पेशागत जीवनमा यात्रारत रहनु पर्ने छ । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ भने पेशागत जीवनमा भने द्वन्दको अवस्थाबाट गज्रनु पर्ने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

वृश्चिक
शितल प्रकृतिको व्यक्तित्व बन्ने छ । परिवारमा सुमधुरता छाउने छ । पेशागत जीवन स्थिर हुने छ । भाग्यको साथका कारण धन सम्पत्तिमा बृद्धि हुन पुग्ने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ । व्यवस्थापकीय क्षमतामा कमि आउने हुँदा यस विषयमा ध्या नदिनु होला । मनमा निराशाका भावहरु बढि आउने छन् । शेयर क्षेत्र प्रतिकुल रहने छ ।

धनु 
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनमा असन्तुलन देखिने भएकाले धैर्य भएर कदमहरु चाल्नु उपयुक्त हुने छ । मनोबल कमजोर भएको व्यक्तित्व बन्न जाने छ । मनमा लागेका उदासिताका विषयहरु पनि अरुलाई साझा गर्ने भन्दा मन भित्र भित्रै गुम्साएर बस्ने व्यक्तित्व हुने छ । जीवनसाथिको साथमा काम गरेमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । शेयर क्षेत्र औसत रहने छ । 

मकर 
पेशागत जीवनमा जबर्जस्ती अघि बढ्नु पर्ने समय सक्रिय रहेकाले नडराई पाइला चाल्नु पर्ने हुन सक्छ । आम्दानीमा कमि आउने छ । साझेदारीमा गरिएका काममा कठिनाईहरुको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । जीवनसाथिलाई छोडेर विदेश यात्रामा जानु पर्ने अवस्था आउने छ । दृढताले भरिएको व्यक्तित्व बन्न जाने छ । शेयर क्षेत्र चुनौतिपूर्ण रहने छ । 

कुम्भ 
पेशागत जीवनमा संयमित भई कदमहरु चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा प्रतिकुलताहरु देखा पर्न जाने भएकाले संयमित रहनु होला । आम्दानीमा केन्द्रीत हुन खोज्दा खोज्दै पनि द्वन्दको सामना गर्नु पर्ने देखिन्छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दको अवस्था आउने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

मीन
आम्दानीमा केही बृद्धि हुन जाने छ । भित्रि बुद्धिको सक्रियताका कारण पेशागत जीवनमा केही मद्धत मिल्ने भएता पनि पेशागत जीवन जोखिमयुक्त नै रहने भएकाले संयमित रहनु होला । भाग्यहिनताको आभाष मनमा भइरहने छ । आफुलाई असफलताको डरले धेरै सताउँदा नयाँ काम थालनी देखि नै निराशाले घेर्ने छ । शेयर क्षेत्र पनि प्रतिकुल रहने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement