नेपाली ब्राण्डको ज्याकेट विश्वमा पुर्याउन सफल शेर्पाको दुई हजारलाई रोजगारी दिने सपना

Advertisement

काठमाडौं । हिमालयको देश नेपालमा विशेषगरी वसन्त र शरद ऋतृमा विभिन्न देशबाट आरोही हिमाल आरोहण गर्न आउँछन् । हिमाल चढ्दा सामान्य पोषक लगाएर चढ्न पाइन्न । सकिन्न पनि । त्यसका लागि विशेष खालको पोषक आवश्यक पर्छ । हिमाल आरोहणमा प्रयोग हुने पोषक पाउने नेपालमा पहिला निकै गाह्रो थियो । सबै बाहिरबाट मगाउनुपर्ने हुन्थ्यो । तीन दशकअघि नेपाली बजारमा हिमाल क्षेत्रमा पदयात्रा र आरोहण गर्दा लगाउने पोषाकका पसल विरलै भेटिन्थ्यो । अहिले भने विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका कपडाहरु बजारमा उपलब्ध छन् । 

यस्तै हिमाल चढ्दा लगाउने नेपाली पोषकको एउटा ब्राण्ड हो– एभरेस्ट हार्डवेयर । सोलुखुम्बु दुधकुण्ड–२ का आङ सोनाम शेर्पाले ३० वर्ष अगाडि यो ब्राण्डमा कपडा उत्पादन सुरु गरेका थिए । अहिले शेर्पाको यो ब्राण्ड नेपालमा मात्र नभई विश्वबजारमा पुग्न सफल भएको छ । राजधानीको ठैंटीमा एभरेस्ट हार्डवेयरको शाखा सञ्चालन गर्दै सुरु गरेका शेर्पाको यो ब्राण्डको शाखा अहिले स्विजरल्याण्ड, क्यानडा, जापान गरी तीन देशमा विस्तार भइसकेको छ । उनीसँग कर्पोरेट नेपालले गरेको छोटो कुराकानीः 

Advertisement

तपाइँले आफ्नो ब्राण्डको नाम ‘एभरेस्ट हार्डवेयर’ किन र कसरी राख्नुभर्यो ?
मैले नेपालमा यो ब्राण्डमा डाउन ज्याकेट उत्पादन सुरु गरेको सन् १९९४ बाट नै हो । त्यो बेला थोरै लगानीबाट सुरु गरेको हो । अहिले आएर विश्व बजारमा चिनिएको छ । मैले यो ब्राण्ड सुरुवात गर्दा नेपालमा शेर्पा एडभेन्चर गियर र शेर्पा आउटडोर केटिम सिटी गरी दुई वटा मात्र ब्राण्ड थियो । नेपाल विश्वमा सर्वोच्च शिखर एभरेस्टको नामले प्रसिद्ध छ । त्यही नामबाट मैले आफ्नो कम्पनी सुरुवात गरेका हो । त्यो बेला हिमालमा लगाउने डाउन ज्याकेट, स्लिपिङ ब्याग, फ्रिज ज्याकेट, गोर–टेक्स लगायत उपकरण नेपालमा उत्पादन हुन्थेन । ती सामानहरु कोरिया, जापान, रुस, चीन, ताइवान लगायतका देशबाट मात्र आउँथ्यो । अहिले नेपालमै उत्पादन हुन्छ ।

अहिले बजारमा नेपाली ब्राण्डका कम्पनीहरुले राम्रो गुणस्तरका ज्याकेटहरु उत्पादन गरिरहेका छन् । स्वदेशी र विदेशीहरु दुवैलाई नेपालमा पदयात्रा गर्दा वा हिमाल चढ्दा आवश्यक पर्ने उपकरणहरु हाम्रै देशमा उपलब्ध गराउन सके यसले नेपालको अर्थतन्त्रमा पनि सहयोग पुग्छ भन्ने मेरो सोच थियो । त्यो हुँदा विदेशीहरुले पनि धेरै सामान लिएर आउनु परेन । नेपाली उत्पादनहरुको प्रयोग बढ्दा विश्व बजारमा पनि चिनिने भयो । मार्केटिङ हुने भयो । 

सुरुवात गर्दा कत्तिको गाह्रो भयो ? 
सुरुवाती चरणमा कपडा बनाउन सामान कहाँबाट ल्याउने ? सामग्रीहरू कहाँ पाउँछ ? कुन देशबाट ल्याउने ? कसरी ल्याउने ? कसरी बनाउने ? कुन देशको मेसिन किनेर चलाउने ? धेरै चुनौति थियो । उद्यमी बन्न नै गाह्रो । धेरै मेहन्नत, दुःखकष्ट गर्दै यहाँसम्म आइपुगेको हो । तर काम गर्दै गएपछि धेरै ज्ञान पनि भयो । मानिसहरुसँग भेट्ने, कुरा गर्ने, साधखोज गर्ने गर्दै गएर सबै कुरा जुटाएर उत्पादन सुरु गरियो । 

तपाइँले यो व्यवसाय गर्ने बेलाको माहौल कस्तो थियो ? 
मेरो साथीहरु सबै हिमाल चढ्न जान्थ्यो । ट्रेकिङमा जान्थ्यो । ममा चाहिँ एउटा उद्यमी हुन्छु भन्ने थियो । मैले कुनै पनि विदेशीको तल काम नगर्ने, आपैm एउटा केही गर्छु भनेर सानो लगानी..., दुई हजारबाट ठमेलमा यो व्यवसाय सुरु गरेको हो । त्यो बेला म १६ वर्षको थियो । नेपालमै केही न केही गर्छु भन्ने मेरो मनमा थियो । आज म यहाँसम्म आइपुगेको छ । त्यतिखेर नेपालमा आउटडोरको सामान पाउँदैन्थ्यो । विभिन्न देशबाट आउने भएकोले महँगो पथ्र्यो । हिमाली क्षेत्रमा लगाउने कपडाहरु कति त नेपालीहरुलाई थाहै थिएन् । डाउन ज्याकेट, स्लिपिङ ब्याग, फ्रिज ज्याकेट, गोर–टेक्स तयार भएको थिएन । यूरोपियनले तयार गरेर चीनमा बनाएपछि त्यो फ्रिज ज्याकेटहरु हामीले किन्न सक्दैन्थ्यो । त्यो बेला नै १२–१४ हजार पथ्र्यो । त्यसपछि हामीले यो कपडा अलिअलि पाउन थालेपछि  वाटरप्रुफ ज्याकेट, गोर–टेक्सहरु र ट्राभलरको हातमा बोक्ने झोलाहरु (हयान्ड केरि)बाट सुरु गर्यौं । सबै पसलहरुले हाम्रोबाट कपडा लैजान्थ्यो । त्यति बेला धेरै कारखाना थिएन । 

तपाइँले सुरु गर्दाको बजार कस्तो थियो ? 
सुरु सुरुमा दिनमै ३–४ हजार पिसको अर्डर आउँथ्यो । कारखाना पनि थोरै थियो । प्रतिस्पर्धा गर्ने पनि धेरै थिएन । त्यो बेला पर्यटन क्षेत्र राम्रो पनि थियो । त्यति बेला हामीले ३६ वटा टे«किङ पसललाई सामान बिक्री गर्थ्यो । त्यो बेला काम भ्याइनभ्याई हुन्थ्यो । कपडा बनाउने सामग्री केही नेपालमा पनि पाउँछ भने चीन, हङकङ, कोरिया, जापानबाट पनि मगाउनुपर्छ । हाम्रो कपडाहरु धेरैजसो भारत, लद्दाख, भुटान, मनाली, युरोप, अमेरिका लगायत देशमा निर्यात हुन्थ्यो । ट्रेडमार्कको कुरा गनुपर्दा जति नेपालमा आउने ट्रेडमार्कहरुले अरुको कपिराइट गरेको हुन्थ्यो । म चाहिँ अरुको कपि नगर्ने, बरु आपैmले एउटा ट्रेडमार्क राखेर आफ््नै देशको इज्जत बढाउने भनेर ‘एभरेष्ट हार्डवयर’ दर्ता गरेको हो । पछि यसले राम्रो बजार पायो । बाहिर पनि जान्छ । राम्रो माग छ ।  

सामान उत्पादन सुरु गरेपछि कस्तो प्रतिक्रिया आयो ? 
सगरमाथासहितका हिमाल आरोहण गर्दा लगाउने सकिट सुट, डाउन ज्याकेट, स्लिपिङ ब्याग बनाउनुपर्ने भरेर हामीले सुरु गर्यौै । बनाएपछि सगरमाथामा प्रयोग गर्दा तातो हुन्छ कि हुदैन् ? भनेर हेर्नुपर्यो । त्यसपछि मैले आपैmले बनाएको स्लिपिङ ब्याग लगाएर २००७ मा म आफै सगरमाथा आरोहण गर्न गयो । त्यसमा म सफल पनि भयो । मैले आपैmले त्यसको गुणस्तर जाँच गरेको हो । विदेशीहरुले धेरै कुरा सोध्छ । यो तातो हुन्छ कि हुँदैन ? मैले आपैmले नै यो लगाएर सगरमाथाको आरोहण गरेको भनेपछि उनीहरुले ढुक्का भएर किन्छन् । २००७ पछि मेरो यो व्यवसाय बढी राम्रो चल्न थालेको । त्योभन्दा अगाडि अर्डरको काम गर्थ्यो मैले । अरुको ब्राण्डको नाम राखेर बनाउँथ्यो । जुन कम्पनीको अर्डर आउँथ्यो, त्यसको लागि बनाउने । मैले सगरमाथा, आइल्याड पिक दुई पटक आरोहण गरिसकेको छ । नेपालमा सस्तो र गुणस्तरको सामान बिक्री गर्ने हो भने राम्रो व्यवसाय चल्छ । अहिले त धेरै विदेशीले पनि  नेपालमा ब्राण्डेड सामान पाउँछ भनेर थाहा पाइसक्यो । अझ हामीले नेपालमै प्राविधिक सामान बनाउन सके यसको धेरै मार्केट छ । आइस याक्स, क्रयाम्पोन लगायतका सामानहरु बनाउ सके राम्रो हुन्छ । नेपालीले यो गर्न सक्छ । 

नेपाली ब्राण्डको कपडालाई नेपाली ग्राहकहरुले कुन रुपमा हेर्ने गरेको छ । 
पहिला पहिला त नेपालमै बनेको कपडा भनेपछि नेपालीहरुले त्यति रुचाउँदैन्थ्यो । अमेरिकन, युरोपियन, जापनिज ब्राण्डका कपडा लगाउँथ्यो । अहिले आएर नेपाली ब्राण्डका कपडाहरु नेपालीले पनि रुचाउन थालेको छ । विदेशी ब्राण्डका कपडाहरु महँगो हुन्छ । हाम्रो उत्पादन गुणस्तरीय पनि हुने, ८–१० हजारमा पनि पाउने भएपछि ग्राहकहरुको विश्वास छ । बजार राम्रो छ नेपाल र विदेशमा पनि । हाम्रो ब्राण्ड २००९ देखि नेपालमा धेरै चल्न थाल्यो । नेपालीहरुले नै किन्न थाल्यो । 

यति लामो व्यवसायिक यात्रामा तपाइँलाई कठिनाई चाहिँ कहाँ भयो ? 
मैले सकंटकालमा धेरै चुनौती भोग्यो । मजदुरहरुलाई सात वर्ष काम गरेकोलाई महिनामा २१ हजार, ११ वर्ष काम गरेकोलाई ३३ हजार तलब दिएर मैले काम दिएको थियो । तर त्यो बेलामा उनीहरुले भत्ता पनि माग्यो । त्यो पनि दिएर उनीहरुलाई निकाल्दियो मैले । कोही विवाह गरेर १० दिन छुट्टि बसेर भत्ता मागेर, थर्काएर लिएर विभिन्न देशमा गयो । कोही मलेसिया गयो । कोही दुवई । तर सबै छ महिनामै शव भएर नेपाल आयो । तीन हजारदेखि ८० हजारसम्म पेस्की नखाएर नभागेको मजदुर छैन होला । नेपालमा सबै कारखानाको त्यही समस्या छ । मजदुरहरुले धेरै दुःख दिए उनीहरुले गर्दा पुलिस चोकी पनि पुर्यायो । अहिले पनि विप्लवको नाम लिएर केटाहरु ‘यस्तो गर्छु, उस्तो गर्छु’ भनेर पैसा माग्न आउँछ । हामीले यो कुराहरु पचाइसके । नेपालमा सबैभन्दा धेरै मजदुरको समस्या छ । मजदुरले कपडाको अर्डर आएपछि कपडा आधा जति बनाएपछि मेरो बच्चा बिरामी भयो, श्रीमती बिरामी भयो, गाउँमा मान्छे मर्यो भनेर छुट्टि लिएर ५०–६० हजार पेस्की लगेर जान्छ । फकेर आउँदैन । मलाई आज खुःसी के लाग्छ भने यस्तो मजदुरहरुसँग जुध्दै रात दिन संघर्ष गरेर आजसम्म आइपुग्न सक्यो । 

तपाइँको व्यवसायको संभावना कस्तो छ ? भविश्व के देख्नुभएको छ ? 
अब भनेको हामीले अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्ने हो । नेपाली सामान विदेशमा बिक्री गर्ने, नेपालमा पैसा भित्राउने हो । हिमाली क्षेत्रमा लगाउने ज्याकेटहरुको बजार नेपालमा मात्रै होइन्, विदेशमा पनि राम्रो छ । यसको भविश्व राम्रो छ । मुल कुरा सामान गुणस्तरीय बनाउन सक्नुपर्छ । ग्राहकको विश्वास जित्नुपर्छ । यसबाट अभैm कमाउन सके बच्चाहरुलाई पढाउने मेरो इक्छ छ । एउटा शिक्षा कोष बनाउने र त्यसबाट जुनै गाउँहरुको भए पनि बच्चाहरुलाई पढाउने मेरो चाहना हो । अर्को कुरा भनेको दुई हजार जनालाई रोजगारी दिने मेरो चाहना हो । नेपालमा नयाँ ब्राण्डका कपडाहरु आइरहेको छ जुन राम्रो कुरा हो । धेरै ब्राण्ड नेपाली बजारमा आएर नचल्ने भन्ने होइन । नेपालमा नेपाली ब्राण्ड जति आयो, त्यति चल्ने हो । सय वटा ब्राण्ड छ भने सय वटा ब्राण्ड नै चल्ने हो । झन् प्रतिस्पर्धा हुन्छ । गुणस्तर हुन्छ । एक अर्कोको गुणस्तरमा प्रतिस्पर्धा हुन्छ । त्यसकारण झन् बढि चल्छ । त्यसपछि हामीलाई अन्तर्राष्ट्रिय बजार लिन पनि सजिलो हुन्छ । नेपालले हिमाली क्षेत्रमा व्यवसाय गर्यो भने धेरै राम्रो हुन्छ । संसारका कुनै पनि देशबाट आउने र आउटडोरमा जाने विदेशीहरुले नेपालमा नेपाली ब्राण्डका चाहिने सामान किन्छन् । त्यसले हाम्रो पैसा नेपालमा रहन सहयोग मिल्छ । विदेशी पैसा नेपालमा भित्रिन सहयोग मिल्छ ।

Advertisement