आज (कात्तिक २ गते)को राशिफलः कस्तो रहला आर्थिक पक्ष र शेयर कारोबार ?

Advertisement

आज २०७८ साल कार्तिक महिनाको २ गते मंगलबार, आश्विन शुक्लपक्षको चतुर्दशी तिथि । 

मेष 
पेशागत जीवनमा दबाबको महशुस हुने छ । आर्थिक रुपमा असन्तुलनको सामना गर्नु पर्दा मानसिक तनाव झेल्नु पर्ने छ । अन्योलताले सताउने छ । परिवारमा द्वन्द आउने तथा त्यसले परिवारमा कटुतामा लैजाने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

Advertisement

वृष 
यात्रामा समस्याहरु झेल्नु पर्ने छ । परिवारका सदस्यहरुको साथले मानसिक रुपमा सवलता प्राप्त हुने छ । आर्थिक पक्ष भने सन्तुलित हुने छ । पेशागत जीवनबाट लाभ मिल्ने छ । शेयर क्षेत्र भने चुनौतिपूर्ण नै रहने छ । 

मिथुन 
अनावश्यक विवादमा फसिने भएकाले संयम रहनु नै उपयुक्त हुने छ । मनोबलमा बृद्धि हुने भएता पनि आक्रामकतामा पनि बढोत्तरी हुने भएकाले विचार  गर्नु होला । पेशागत जीवन तथा ब्यापार विजनेश औसत खालको रहने छ । शेयर क्षेत्रबाट आंशिक लाभ प्राप्त हुने छ । 

कर्कट
सामाजिक खालको स्वाभावमा बृद्धि हुने छ । पेशा तथा ब्यापारबाट लाभ मिल्ने छ । सामाजिक स्तरबाट पनि सम्मान प्राप्त हुने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी, सार्वजनिक यातायात आदी क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

सिंह
भाग्यको बलियो साथ रहेकाले आँटेका कुराहरु पुरा हुने छन् । यात्रामा सफलता प्राप्त हुने छ । मार्केटिक तथा ब्राण्डिङ्गको क्षेत्रमा कार्यरतहरुमा सृजनशिलता थपिने छ । साझेदारीमा गरिएका कार्यहरुमा देखिएका बिबादले समाधान पाउने छन् । शेयर क्षेत्र हल्का अनुकुल रहने छ । 

कन्या
प्रेममा सफलता मिल्ने छ । आर्थिक जीवनमा सन्तोष मिल्ने छ । पेशागत क्षेत्रमा असमझदारीले निरन्तरता पाउने छ । कर्मशिलतामा भने बढोत्तरी हन जाने छ । यात्रामा कठिनाईहरु आउने छन् । परिवारमा झैझगडाले सताउने छ । शेयर क्षेत्र औसत रालको रहने छ । 

तुला 
पेशागत जीवनमा तिब्रता आउने छ । अरुले कदर गर्ने छन् । पारीवारिक सदस्यहरुबीच तनावले आफैलाई पनि तनाव थप्ने छ । सेवा क्षेत्रहरु जस्तै फुड सर्भिस, खानि, फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य, होटल, रेष्टुरेण्ट, खाजाघर जस्ता क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । शेयर क्षेत्र औसत खालको बन्ने छ छ ।

वृश्चिक
मनमा उदासिनता बढ्न जाने छ । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक दृष्टिकोणले सताउने छ । भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । समय प्रतिकुल रहेकाले संयमित रहनु नै बुद्धिमानी ठहरिने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा योजना बनाए अनुसार सफलता प्राप्त हुने छैन् । शेयर क्षेत्र पनि प्रतिकुल रहने छ ।

धनु 
आम्दानीमा हुने बृद्धिले समाजमा मान पनि बृद्धि हुने छ । आँटेका कामहरु पुरा हुने तर्फ जाने छन् । यात्रामा भने कठिनाईहरु व्योहर्नु पर्ने हुन्छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुँदा सफलताहरु हात पर्ने छन् । अरुले हेप्ने छैनन् । शेयर क्षेत्रबाट लाभ हुने छ । 

मकर 
साथिभाइहरुसँग बिछोड हुने छ । स्वादिष्ट भोजन गर्न पाइने छ । यात्रामा मन रम्ने छ । ग्यारेज, ढुवानी, यातायात, पेट्रोलिय पदार्थको कारोवार जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । ब्यापार विजनेशमा फाइदा मिल्ने छ । झैझगडाको समय सक्रिय रहेकाले संयम रहनु नै ठिक हुन्छ । शेयर क्षेत्र हल्का अनुकुल रहने छ ।

कुम्भ 
पेशागत जीवनमा सहजता आउने छ । आम्दानीमा बृद्धि हुने भएकाले आँट आउने छ । परिवारमा प्रेम बढ्ने छ । सामाजिक जीवनबाट मान मर्यादा प्राप्त हुने छ । परिवारका सदस्यहरुबीच कटुता रहने छ । यात्रामा सफलता पाइने छ । शेयर क्षेत्र फलदायी रहने छैन् । 

मीन
समय प्रतिकुल देखिन्छ, धैर्य हुनुहोला । अरुले हेप्ने छन् भने कार्यरत पेशामा पनि विना दोष अपमानित हुनु पर्ने छ । पेशागत क्षेत्रमा सोचे अनुसार हुने छैन् । यात्रामा रोमाञ्चकता आउने छ । साझेदारीमा गरिएको काममा द्वन्द हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

(गुरु पन्त: ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)
 

Advertisement

Advertisement