पर्यटन बोर्डका सीईओसँग तीन दिने स्पष्टिकरण, चित्त बुझ्दो जवाफ नआए कारवाही

Advertisement

काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीलाई पर्यटन मन्त्रालयले लिखित स्पष्टिकरण सोधेको छ । मन्त्रालले शनिबार विमानस्थल भन्सार चेकजाँचका क्रममा भएको घटनाको विषयमा स्पष्ट जानकारी दिन तीन दिने स्पष्टिकरण सोधेको हो ।

पर्यटन मन्त्रालयका अनुसार सीईओ रेग्मीलाई मन्त्रालयले तीन दिने स्पष्टिकरण सोधेको छ । स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआए कारवाही गर्ने पनि स्पष्टिकरण पत्रमा उल्लेख रहेको मन्त्रालयका कर्मचारीले कर्पोरेट नेपाललाई जानकारी दिए ।

Advertisement


रेग्मीले विमानस्थल भन्सारका कर्मचारीलाई हातपात गरेर दुव्र्यावहार गरेको घटना सोमबार सार्वजनिक भएपनि मन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको हो । पर्यटन मन्त्री प्रेम आले र पर्यटन सचिव यादवप्रसाद कोइराला पनि सोही दिन लण्डनबाट फर्किएको र सँगै फर्किएको भएपनि मन्त्री सचिवि भिआइपी कक्षबाट बाहिरिएका थिए । सीईओ रेग्मी भने यात्रु कक्षबाट बाहिरिदा भएको उक्त घटनामा मन्त्री सचिवले पनि चालै नभएकोले पनि स्पष्टिकरण सोधिएको मन्त्रालयका अधिकारी बताउँछन् । 

दुनियाँलाई हात जोडेर नेपाल आउ भन्ने व्यक्तिले नै किन गरे राष्ट्रिय बेइज्जत ?

Advertisement

Advertisement