ट्रियो इलेक्ट्रिक अटोे अब चितवनमा पनि

Advertisement

चितवन । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम-आइओन सञ्चालित इलेक्ट्रिक थ्री-ह्विलर अटो मगंलबार चितवनमा सार्वजनिक गरेको छ । 

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले भरतपुर–९, हाकिमचोकमा पनि ट्रियो इलेक्ट्रिक अटो  सार्वजनिक गरेको हो । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु ८,४०,००० शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।

Advertisement

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रू २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् ।

महिन्द्रा ट्रियो १०,००० प्लस सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।

अग्नि इनर्जीका भरतपुर–९, हाकिमचोक, चितवनका लागि बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लि का प्रबन्ध निर्देशक राजेन्द्र बाटाजुका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । 
 

Advertisement

Advertisement