गरिमा विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच सम्झौता

Advertisement

काठमाडौँ । गरिमा विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच सम्झौता भएको छ ।

कोष र बैकबीच न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि एक कार्यक्रमका बीच कर्जा सम्झौता भएको छ । 

Advertisement

सो कर्जा सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् । 

Advertisement

Advertisement