डलरको अबैध कारोबार गरी राजश्व छलि गर्ने चार जना बिरुद्ध साढे ३७ करोडको मुद्दा

Advertisement

काठमाडौँ । अनलाइनमार्फत डलरको अबैध कारोबार गरी राजश्व छलि गर्ने चार जना बिरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । 

कैलाली लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौँ कालोपुल गुरुङटोल बस्ने दिनेश खड्का, उनको दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र साथी अनिता धिताल बिरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपियाँको माग दाबीसहित आज जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । 

Advertisement

प्रतिवादीहरुले मोबाइल एप्स ई स्क्रिल तथा बिनान्स मार्फत विदेशी बिनिमय अमेरिकी डलरको अबैध कारोबार गरेको अनुसन्धानबाट पुष्टी भएपछि मुद्दा दर्ता गरिएको विभागले विज्ञप्ति प्रकाशित गरी जनाएको हो ।

दिनेशले इ–स्क्रिल, बिनान्स माफृत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१.७७ रुपियाँ, अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८ सय २६.५१ रुपियाँ, भगतवी खड्काको एनआईसी एशिया बैंकबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपियाँ, नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार १ सय ६६.३५ रुपियाँ कारोबार गरेको पाइएपछि कूल बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । 

उक्त रकम बराबरको अमेरिकी डलर ३१ लाख २७ हजार ८ सय ९६.७९ को अबैध कारोबार गरी राजश्व छलि गरेको विभागले जनाएको छ । अभियुक्तहरुलाई विदेशी विनिमय –नियमित गर्ने) ऐन २०१९ अनुसार बिगो जफत गरी सजायको माग दाबी गरिएको छ ।   

Advertisement

Advertisement