सहकारी बैंकले आफ्नै ब्राण्डको ‘कोप कार्ड’ जारी गर्ने

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्नै ब्राण्डको एटिएम कार्ड (कोप कार्ड) जारी गर्ने भएको छ । 

उक्त कार्ड जारी गर्नका लागि आज राष्ट्रिय सहकारी बैंक, स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र ग्लोबल आइएमई बैंकबीच एटिएम कार्ड सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

Advertisement

उक्त सम्झौतामा राष्ट्रिय सहकारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, एससिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । 

सम्झौतापछि सहकारी बैंकले छिट्टै आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरु मार्फत सहकारीमा आबद्ध सदस्यलाई एटिएम कार्ड प्रदान गर्ने अध्यक्ष केबी उप्रेतीले बताए । 

बैंकका सीईओ गुरागाईले बैंकले सहकारी र प्रविधिबीच काम गर्न बैंकको डिजिटल बैंकिंङ युनिट तयार गरी कार्य अगाडि बढाएको र सहकारी संस्थाहरुमा भएको प्रविधिलाई स्तरोउन्नती गर्ने तथा विकसित बैंकिङ प्रविधि भित्राउन समन्वयत्मक भुमिका निर्वाह गर्ने उल्लेख गरे । 

एससिटीका सीईओ भुजुले बैंकसँगको यो सहकार्यले कम्पनी उत्साही भएको बताए । 

उक्त कोप कार्ड अन्तराष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारित हुने र नेपाल तथा भारतका एटिएम पिओएस जुनसुकै स्थानमा चलाउन सकिने छ । एटिएम कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजकत्वको रुपमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले आफ्ना सदस्यहरुलाई जारी गर्नेछन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल र ग्लोबल आइएमई बैंकका सीइओ रत्नराज बज्राचार्यले सहकारी फाइनान्सिय इकोसिस्टम भित्रको अंग भएकाले डिजिटल बैंकिङसँग जोडिँदा विश्वसनीयता बढ्नुका साथै सेवाग्राहीले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे । 

Advertisement

Advertisement