मञ्जुश्री फाइनान्सको सीईओमा नारायण सुवेदी नियुक्त

Advertisement

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायण सुवेदी नियुक्त भएका छन् । 

सञ्चालक समितिको आज बसेको बैठकले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई बैशाख २२ गतेदेखि लागु हुने गरी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

कम्पनीका सीईओ सन्तोष निरौलाको पदावधि बैशाख २१ गतेदेखि समाप्त हुने भएकाले सुवेदीलाई सीईओ नियुक्त गरिएको हो ।  

Advertisement

Advertisement