यी दुई कम्पनीलाई एनआईसी एशिया क्यापिटलको  ‘आईडिया टु आईपीओ’ सेवा

Advertisement

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । 

सोही सेवा अन्तर्गत पशुपति इन्भाईरोमेन्टल पावर कम्पनी (प्रालि) र पशुपति इन्भाईरोमेन्टल इन्जिनियरिङ पावर कम्पनी (प्रालि) लाई संस्थागत परामर्श सेवा अन्तर्गत दुवै कम्पनीलाई एक आपसमा मर्जर गरी उक्त कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी आईपीओ जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने गरी तीन पक्षिय सम्झौता सम्पन्न भएको छ । 

Advertisement

क्यापिटलले  ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपीओ जारी गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको जनाएको छ । 

Advertisement

Advertisement