मानुषी लघुवित्तद्वारा दोलखामा शैक्षिक सामग्री वितरण

Advertisement

काठमाडौँ । मानुषी लघुवित्तले शैक्षिक सामग्री वितरण गरेको छ । लघुवित्तले  गत शुक्रबार एक कार्यक्रम आयोजना गरी नाम्दु–६, वैतेश्वर, दोलखा स्थित वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको उपस्थितिमा शैक्षिक सामग्रीहरु वितरण गरिनुका साथै वित्तीय साक्षरता कार्यक्रम पनि संचालन गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । 

Advertisement

नेपाल राष्ट्र बैंकबाट घ वर्गको ईजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको छ । 

चालु आर्थिक वर्षमा नै आईपीओ निष्काशन गरेको संस्थाले देशभरी ३४ शाखाहरुबाट १४८ कर्मचारीमार्फत सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको सीईओ बज्राचार्यले जानकारी दिइन् ।  
 

Advertisement

Advertisement