काठमाडौं । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपियाँ ५२ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपियाँ १२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपियाँ १८ पैसा, बिक्रिदर १ सय ४० रुपियाँ ९४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ३५ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ५५ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपियाँ ४७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ६३ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ४७ पैसा छ भने बिक्रिदर २६ रुपियाँ ६२ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपियाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ २५ पैसा रहेको छ ।
त्यस्तैगरी, बैंकले कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपियाँ ६६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६५ रुपियाँ ६३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपियाँ २६ पैसा तोकेको छ भने बिक्रिदर २९४ रुपियाँ ८५ पैसा तोकेको छ।
अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा
Advertisement