आजबाट भृकुटीमण्डपमा ‘दशैँ महाकुम्भ जुत्ता मेला’ शुरु

Advertisement

काठमाडौं । दशैँको अवसर पारेर ‘दशैँ महाकुम्भ मेला २०७६’ आयोजना गरिएको छ । मेलाले देशको आर्थिक घाटामा सहयोग पु्र्याउनुको साथै बिदेशीभन्दा पनि नेपाली श्रम, सीप तथा पुँजीद्धारा निर्मित नेपाली जुत्ताको प्रयोग गरुन् भन्ने उद्देश्य राखेको छ ।

राजधानीको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । मेलामा राखिएका जुत्ता चप्पल फ्याक्ट्रीबाट सिधै उपभोक्तासम्म पुग्ने हुँदा निकै कम मूल्यमा उपलब्ध हुने आयोजकको भनाई छ ।

नेपाली उत्पादकहरुबाट उत्पादित उच्च गुणस्तरीय जुत्ताहरुको मेलामा नौ वटा चर्चित ब्राण्डहरु रहेका छन् । जुत्ता चप्पलहरु एउटै छानामुनीबाट उपलब्ध गराउने उद्देश्यले आयोजित यस मेलामा उपभोक्ताले ५०० भन्दा बढी नयाँ डिजाईनका जुत्ता चप्पलहरु किन्न सक्नेछन् ।

‘देशको नेपाली जुत्ता प्रयोग गरौँ, स्वदेशी उत्पादनमा गर्भ गरौँ भन्ने मुल नाराका साथ मेलाको आयोजना गरिएको हो । दशैं महाकुम्भ मेलामा हरेक बर्ष उपभोक्ताहरुको निकै भीड लाग्ने गरेको देखिन्छ ।

Advertisement

Advertisement

Advertisement