'सनफ्लो सनफ्लावर तेल हिराको उपहार' योजनाको प्रथम विजेताहरुको नाम घोषणा

Advertisement

काठमाडौं । 'सनफ्लो सनफ्लावर तेल हिराको उपहार' योजना अफर अन्तर्गत पहिलो १५ दिनको लक्की ड्र कार्यक्रम मिति २०७६/०७/२१ गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरियो । पोखरा–१० निवासी दीपक कुमार थापाले आकर्षक हिराको हारजिते भने विर्तामोड निवासी सन्दीप गटानी र पाल्पा निवासी मीना छहारीले हिराको लकेट जिते । त्यसैगरी, बुटवलका केशव आचार्य र नेपालगञ्जका निरज कुमार कशौडाले हिराको टप जिते ।

केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि लागु हुनेछ । यो अफरको नारा‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ रहेको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । प्रत्येक १५ दिनमा लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । ग्राहक महानुभावहरुलाई सनफ्लो सनफ्लावर तेलको अत्यधिक उपभोग गरी यो योजनाको लाभ उठाउनु भई विजेता बन्ने सुअवसर प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement