काठको कारोबार खुकुलो गर्नुपर्ने दबाबमूलक आन्दोलन सुरु

Advertisement

काठमाडौं । काठमा लगाइएको प्रतिबन्द खुकुलो गर्नुपर्ने माग गर्दै विभिन्न सरोकारवालाहरुले गरको आन्दोलन चर्कंदै गएको छ । लामो समयसम्म सरकारले माग सुनाई गर्न नसक्दा आन्दोलनमा जानु परेको सरोकारवालाको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन), साझेदारी वन उपभोक्ता महासंघ, वैज्ञानिक वन व्यवस्थापनका सञ्जालहरुले आन्दोलन गर्दै आएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ भने आन्दोलनमा जाने तयारी गरिरहेको छ । विभिन्न सरोकारवालादेखि वनकै कर्मचारीहरुले समेत काठमा लगाइएको प्रतिबन्द खुला गर्न माग गर्दै आएका छन् ।

Advertisement

झण्डै ७ महिनादेखि काठ ओसार, पोसार, बिक्री वितरणमा प्रतिबन्द लगाउँदा बजारमा काठको अभाव भएको छ । उपभोक्ताले महंगो मूल्यमा काठ किन्नु परेको छ ।

साझेदारी वन व्यवस्थापन महासंघका सह–अध्यक्ष जयप्रकाश पाण्डेले जंगलमा नै काठ सडिरहे पनि सरकार टुलुटुलु हेरेर बसको बताए । ‘जुन ठाउँमा वैज्ञानिक वन व्यवस्थापनमा अनियमितता भएको त्यही ठाउँमा मात्रै रोकिनुपर्छ, देशभर वैज्ञानिक वन व्यवसपन पनि रोकिएको छ, काटेका काठ पनि जंगलमा नै छ,’ उनले भने, ‘उपभोक्ताले उपभोग गर्न पाएका छैनन्, उता स्वदेशी काठ जंगलमा नै सडेर गईरहेको छ, तत्काल काठमा लगाईएको प्रतिवन्द खुला गराइयोस् ।’

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement