भारतमा फेला पर्यो तीन हजार ६५० टनको सुन खानी, मूल्य भारु १४ हजार ७२६ अर्ब

Advertisement

काठमाडौं । भारतमा ३ हजार ६ सय ५० टनको सुन खानी फेला परेको छ । भारतका उत्तर प्रदेश राज्यस्थित सोनभद्र जिल्लामा सुन खानी फेला परेको हो । आजका दिनमा सो सुनको मूल्य १४ हजार ७ सय २६ अर्ब भारतीय रुपैयाँ बराबर हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सुन खानीकै कारण सो जिल्लाको नाम नै सोनभद्र राखिएको हुन सक्ने अनुमान गर्न थालिएको छ । जिओलोजिकल सर्भे अफ इण्डिया(जिएसआई)ले ८ अबर्ष पहिले सुनाखानी रहेको पुष्ठि गरेको थियो । सुन खानीको अध्ययन भने विगत १५ वर्षदेखि जारी थियो ।

Advertisement

Advertisement

Advertisement