दशैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारीमा खाद्य कम्पनी, मूल्य कति पर्ला ?

Advertisement

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंको लागि खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी थालेको छ । काठमाडौँ उपत्यकावासीको सुबिधाका लागि सरकारी कम्पनीले खसी, बोका र च्याङ्ग्रा ल्याएर बिक्री गर्ने तयारी थालेको हो । नेपालीहरुको महान पर्व दशैंमा खसी, बोका र च्याङ्ग्राको अभाव नहुन दिन कम्पनीले तयारी थालेको कम्पनीकी सूचना अधिकृत सर्मिला न्यौपानेले सुवेदीले कर्पोरेट नेपाललाई बताइन् ।  

कम्पनीले ल्याएको खसीबोका र च्याङग्राले बजारको माग धान्ने अवस्था नरहे पनि बजारमा हुने मूल्य अन्तरलाई समान बनाउनको लागि भए पनि संस्थाने वर्सेनि खसीच्याङग्रा ल्याउने गरेको छ । दशैंक बेलामा बजारमा ब्यापारीले मनपरी रुपमा खसीच्यांग्राको मूल्य बढाएर बेच्ने गरेको कारण त्यस्तो मूल्य अन्तरलाई  एकिकृत बनाउन संस्थाले केहीमात्रामा भए पनि खसीच्यांग्रा ल्याएर बेच्ने गरेको सुवेदी बताउँछिन् । 

Advertisement

उनका अनुसार यस वर्ष तीन हजार खसीबोका र च्याङग्रा ल्याउने तयारी भएको छ । जसमा ५० प्रतिशत खसीबोका र ५० प्रतिशत च्याङग्रा ल्याउने योजना रहेको छ । उनले भनिन्– ‘गत वर्ष पनि भने जति च्याङग्रा ल्याउन सकिएन । यस वर्ष पनि पाईएन भने खसीमात्र भए पनि ल्याएर वितरण गर्ने योजना बनाएर तयारी थालेको छौं ।’ ‘अहिले नै मूल्य कतिसम्म पर्छ भन्ने कुरा भने निर्धारण भइसेको छैन् । जुन जिल्लाबाट खसीच्यांग्रा ल्याईन्छ त्यहाँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मूल्य निर्धारण गर्नु पर्ने हुन्छ । त्यसपछिमात्र कति मूल्यमा ल्याएर बेच्ने भन्ने कुरा निश्चित हुन्छ’–उनले बताइन् । 

गत वर्षको दशैंमा पनि खाद्य कम्पनीले कोरोना महामारीको असहजताका बावजुद खसीच्याङ्ग्रा ल्याएको थियो । गतवर्ष पनि संस्थाले उपत्यकाबासीलाई सहजरुपमा खसी, च्याङ्ग्रा पाउने व्यवस्था मिलाउन तीन हजार खसी, बोका र च्याङग्रा ल्याएको थियो । कम्पनीले गत वर्ष ६ करोड रुपियाँ बराबरका १६ सय खसी, बोका र १४ सय च्याङ्ग्रा ल्याएको थियो । यसमध्ये खसी, बोका खरिदका लागि ३ करोड ३८ लाख ६४ हजार र च्याङ्ग्रा किन्न २ करोड ६१ लाख रुपैयाँ विनियोजन थियो । तर, यसपाली भने दशैं आउन समय बाँकी भएको कारण मूल्य निर्धारण भइनसकेको सुवेदीले बताइन् । अबको केहीदिन पछि कति मूल्यमा कहाँ कहाँबाट कति ल्याउने भन्ने निश्चित हुँने उनले बताइन् ।  

सुवेदीका अनुसार दशैं आउनु केहीअघि मात्र खसी, बोका र च्याङ्ग्राहरु काठमाडौं ल्याइनेछ । ‘दसैंअघि नै किनेर राख्न उपभोक्तालाई पनि समस्या हुने हुँदा केही दिन बाँकी भएपछि मात्र यसको विक्री वितरण सुरु गर्छौं,’ उनले भनिन् । कम्पनीले सोझै किसानहरुबाटै खसी, बोका खरिद गर्ने गरेको छ । यसका लागि जिल्ला खाद्य तथा व्यवस्था समितिले मूल्य तय गर्छ । उक्त मूल्यमा खरिद गरिएका चौपाया काठमाडौंसम्म ढुवानी गर्न टेन्डर निकालेर ठेक्का दिइने गरेको उनले बताइन् । 

यसअघिको वर्ष खाद्य कम्पनीले लाहान, नेपालगञ्ज र मकवानपुरबाट खसी, बोका र मुस्ताङबाट च्याङग्रा ल्याउने गरेको थियो ।  तर, यस वर्ष कुन ठाउँबाट ल्याउने भन्ने कुराको निश्चित भइनसकेको भएता पनि सम्भावित ठाउँ त्यही रहेको उनको बुझाई छ । 

सरकारी कम्पनीले ३९ जिल्लामा सुपथ मूल्य पसल खोल्ने, बजार मूल्य भन्दा १० रुपियाँसम्म सस्तो

Advertisement