सेल्सबेरीको महाराजगञ्जमा भव्य डिपार्टमेण्टल स्टोर, भाटभटेनीलाई ओझेलमा पार्ने रणनीति

Advertisement

काठमाडौं । चेन डिपार्टमेण्टल स्टोर सेल्सबेरीले महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनमा सेवा सुरु गरेको छ । विगत ३० बर्षदेखि सेलवेज र १० बर्षदेखि सेल्सबेरी ब्राण्डको आफ्नै भवनमा उच्चस्तरको स्टोर सुरु गरिएको हो । 

सेलवेज ग्रुप अन्तर्गत सेलवेज क्यास एण्ड स्पारी प्रा. लि.ले हाल ३२ वटा शाखा सञ्चालन गर्दै आएको छ । सन २०२६ सम्म १०० बटा शाखा विस्तार गरी दुई हजारलाई रोजगारी दिने लक्ष्य लिएको कम्पनीका अध्यक्ष सुशील प्रधानाङ्गले बताए । 

Advertisement

गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई आफूहरुको मुलमन्त्र भएको उनले बताए । प्रधानाङ्गले शुक्रबार (भोलिं)देखि अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक भवनमा सेवा सुरु गर्न लागेको बताए । उनले भने, ‘अत्याधुनिक भवनमार्फत ग्राहकहरुको लागि अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गरि एक बेग्लै खालको किनमेलको आनन्द दिने लक्ष्य हामीले लिएका छौं ।’ 

यस भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्विमिङ पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा सुविधा हुने जनाइएको छ । विश्व स्तरीय रेष्टुरेण्टसहित स्वदेशी एवं अन्तर्राष्ट्रिय गुणस्तरीय सामान उचित मूल्यमा उपलब्ध हुने भन्दै प्रधानाङ्गले अरु र सेल्सबेरीमा मूल्यमा भन्दा पनि अनुभूतिमा फरक महशुल हुने बताए । 

चार तल्ला बेसमेन्ट पार्किङ रहेको यो भवनमा भइँ तल्लादेखि छैठौ तल्लासम्म डिपार्टमेण्टल स्टोर हुने, सात र आठमा कर्पोरेट अफिस हुने, नवौं, दशौं र एघारौंमा जिम, फिटनेस सेन्टर, स्पा तथा स्वदेशी एवं विदेशी खानाहरुको सुविधासहितको रेष्टुरेण्ट र बार हुने र बाह्रौ तल्लामा स्विमिग पुल, ज्याकजी, वियर गार्डन, कफि लाउन्ज तथा इभेन्ट सेन्टर हुनेछ । 

महाराजगञ्जमा यो चेन डिपार्टमेण्टल स्टोर सञ्चालनमा आउँदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट किनामेल गन्त्व्य हुने आशा व्यक्त गर्दै प्रधानाङ्गले सेल्सबेरीको अर्को शाखा कालिमाटीमा सञ्चालन गर्ने तयारी गरिएको बताए । 

सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको सुरुवातको अवसरमा कम्पनीले विशेष उपहार योजना पनि ल्याएको छ । उपहारमा विद्युतीय कारसम्म छ । साथै, कम्पनीले यसै आर्थिक बर्षको अन्त्यसम्ममा काठमाडौ तथा पोखरामा थप छ वटा शाखा सञ्चालन गर्ने योजना बनाएको छ । 

अहिले सबैभन्दा ठूलो सुपरस्टोरको रुपमा भाटभटेनी चिनिदै आएकोमा सेल्सबेरीले उसलाई समेत ओझेलमा पार्नेगरी अघि बढ्ने रणनीति बनाएको छ । कम्पनीले हरेक बर्ष सानो तथा ठूलो स्तरको १० देखि १५ वटा शाखा विस्तार गर्ने बताएको छ । 

Advertisement

Advertisement