म्याद गुज्रिएका बियर नष्ट गर्न र कर समायोजनमा विभागले सास्ती दिएको उद्योगीहरूको गुनासो

Advertisement

काठमाडौं । म्याद गुज्रिएको बियरको अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) समायोजन गर्न अन्तरिक राजश्व कार्यालयले सास्ती दिएकोप्रति बियर उत्पादकहरू रुष्ट भएका छन् । 

उनीहरूले म्याद गुज्रिएको बियर लामो समयसम्म गोदाममा राख्दा दुर्गन्ध फैलिने, दोगामको गुणस्तरमा असर पर्ने, गोदामको भण्डारण क्षमतामा समेत ह्रास आउने गरेको गुनासो गर्दै उनीहरूले अन्तःशुल्क ऐन निर्देशिकामा भएको व्यवस्था अनुसार विभागले समायोजन नगरिदिँदा आफूहरू समस्यामा पर्ने गरेको बताए । 

Advertisement

एक उद्योगीले कर्पोरेट नेपालसँग भने, हामीले यस विषयमा पटक पटक विभागसँग कुरा आग्रह गर्दै आएका छौं । पटक पटक बजेट निर्माणका क्रममा सुझाव दिनेदेखि अर्थमन्त्री र सचिवलाई समेत ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन सकेको छैन् । यसले गर्दा धेरै झन्झट र नोक्सानी भोग्नुपरेको छ ।’

अन्तःशुल्क आफैमा अप्रत्यक्ष कर हो जुन उपभोक्ताबाट संकलन भएर आएपछि सरकारलाई बुझाउँदा हुने भए पनि सरकारले अग्रिमरुपमा यो शुल्क कम्पनीहरूसँग अशुल गर्दै आएको छ । बियर उत्पादकहरूले बोतलमा नै यो स्टिकर टाँसेर बजारमा ल्याउने टुटफुट तथा म्याद गुज्रिएर फिर्ता आउँदा अन्तःशुल्क तथा भ्याट समायोजनमा सास्ती भोग्नुपरेको व्यवसायीको भनाई छ । 

ती उद्योगीले थपे, ‘गोदामभित्रै म्याद गुज्रिएको बियर लामो समयसम्म राख्दा दुर्गन्ध फैलिने हुन्छ । नियमानुसार व्यवस्थापनक लागि कर कार्यालयलाई खबर गर्यो, बर्षौंसम्म स्वीकृति आउँदैन् । यसले अन्तःशुल्क मात्रै होइन्, भ्याट र आयकर निर्धारणमा समेत समस्या हुने गरेको छ ।’ त्यस्तै, बजारमा गएको उत्पादन बिक्री नभएर म्याद गुज्रिएको अवस्थामा संकलन गर्न समय लाग्ने तर अन्तःशुल्क निर्देशिकाले ३० दिनभित्रै खबर गर्नुपर्ने कुरा अव्यवहारिक भएको पनि उनले बताए । 

म्याद गुज्रिएका उत्पादन संकलनका लागि दिइएको ३० दिनको समय साह्रै न्यून भएकाले कम्तिमा पनि छ महिना आवश्यक पर्ने व्यवसायीको तर्क छ । म्याद गुज्रिएको बियर नष्ट गर्ने र कर समायोजन गर्ने कुरामा विभाग र विभागअन्तर्गतका कार्यालयहरू निष्क्रिय हुने गरेको भन्दै व्यवसायीले विभागबाट स्वीकृति नआउँदा म्याद गुज्रिएको बियर उद्योग आफैले नष्ट गर्नुपर्ने, त्यसो गर्दा नोक्सानी रकमलाई आयकरमा समेत खर्च कट्टा गर्न नमिल्ने भएकाले दोहोरो मारमा पर्नुपरेको गुनासो गरेका छन् । 

कर्मचारी थोरै भएर हो, समय बढाउन छलफल गर्न सकिन्छः विभाग
आन्तरिम राजश्व विभागका प्रवक्ता अर्जुन ढकालले म्याज गुज्रिएका बियरको अन्तःशुल्क समायोजन गर्न पाउँछ भन्दै नष्ट गर्ने प्रक्रियामा कर्मचारी थोरै भएकाले कुनै उद्योगमा ढिलाई हुने गरेको स्वीकार गरे । उनले स्थलगत तहमा जाने कर्मचारी एकदमै कम भएकोले एउटै कर्मचारीले तीन–चार वटा उद्योग हेर्नुपर्ने बाध्यता रहेको बताए । 

म्याद गुज्रिएका बियर नष्ट गर्ने कुरामा सम्वन्धित कम्पनीले सम्वन्धित आन्तरिक रावश्व कार्यालयमा निवेदन दिएपछि एक चरणको छानविन गरी विभागमा पठाउने विभागले कर्मचारी खटाएर नष्ट गराइन्छ । सकेसम्म छिटो गर्ने विभागले प्रयास गर्दा केही ठाउँमा ढिलाई भएको हुनसक्ने तर सबै उद्योगमा ढिलाई नभएको ढकालको दावी छ । 

उनले बजारमा गएको उत्पादन टुटफुट भएर तथा म्याज गुज्रिएर फिर्ता भएको अवस्थामा अन्तःशुल्क समायोजन गर्न एक महिनाको मात्रै समय थोरै भएको हो भने त्यसमा समय बढाउन छलफल गर्न सकिने बताए । ढकालले भने, ‘फ्याट्रीको लापर्वाहीले टुटफुट भएको हो भने मिनाहा गर्न मिल्दैन् । अन्य जायज कारण टुटफुट भएको हो, म्याज गुज्रिएको हो भने त्यो कारण पेश गर्नुपर्छ, पाइन्छ । अब बजारबाट संकलन गर्ने क्रममा ढिलाई भएको हो र निर्देशिकामा ३० दिन समय तोकिएको कुरा हो भने संशोधन गर्नुपर्ने हुनसक्छ । त्यसमा छलफल गर्न सकिन्छ । व्यवसायीले समस्या राख्नुपर्यो । मर्का परेको विषय हो भने छलफल गर्न सकिन्छ । मैले एक्लैले भन्ने कुरा होइन् । प्रक्रियागत ढंगले हुन्छ ।’

Advertisement

Advertisement