तेह्र वाणिज्य र तीन विकास बैंकले घोषणा गरे लाभांश, बोनस र नगद कस्को कति ?

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयर लगानीकर्तालाई मुनाफा दिन १३ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । लाभांश सार्वजनिक गरेका चार वाणिज्य बैंकले बुक क्लोज गरेर साधारण सभा बोलाईसकेका छन् । 

यस्तै, विकास बैंकहरुमा दुई विकास बैंकले साधारण सभा प्रयोजनको लागि बुक क्लोज गरेर साधारणसभाको मिति तय गरिसकेका छन् । 

Advertisement

लाभांश घोषणा गर्ने १३ वाणिज्य बैंक
हालसम्म लाभांश घोषणा गर्ने बाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको रहेको छ । यस बैंकले आफ्ना लगानीकर्तालाई २६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हिमालयनले २१.३२ प्रतिशत बोनस शेयर कर प्रयोजनसहित ४.६२ प्रतिशत नगद लाभांश दिन लागेको छ । सो बैंकले हालसम्म लाभांश वितरणको लागि बुक क्लोज मिति र साधारण सभा मिति तय गरेको छैन् ।

यस्तै, हालसम्म लाभांश सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश दिने दोस्रो बैंकमा सानिमा बैंक रहेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ०.८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले लाभांश वितरणको लागि बुक क्लोज गरेर साधारणसभा पनि बोलाईसकेको छ । 

सबैभन्दा धेरै लाभांश घोषणा गर्ने तेस्रो वाणिज्य बैंकमा नेपाल बैंक छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले लगानीकर्तालाई १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगत लाभांश दिन लागेको हो । यस बैंकले लाभांश वितरणको लागि बुक क्लोज मिति र साधारणसभा भने तय गरेको छैन् । 

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । बैंकले हालसम्म साधारण सभा तथा बुक क्लोज मिति भने तय गरेको छैन । सिटिजन्स बैंकले पनि लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत नै लाभांश दिने घोषणा गरेको छ । यस बैंकले असोज २२ गते नै बुक क्लोज गरिसकेको छ भने साधारणसभा कार्तिक १६ गते बोलाएको छ । 

एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हालसम्म बुक क्लोज मिति र साधारणसभाको मिति तय गरेको छैन् । 

नेपाल बंगलादेश बैंकले पनि गत वर्षको नाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.५० प्रतिशत नगद गरि १५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस बैंकले कार्तिक १५ गते बुक क्लोज मिति र मंसिर २ गते साधारणसभाको मिति तय गरेको छ । 

सिद्धार्थ बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, बैंक अफ काठमाडूले १४ प्रतिशत, ग्लोबल आइएमई बैंकले १३.५० प्रतिशत र स्टान्डर्ड चार्टड बैंकले १०.०६ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । यी बैंकमध्ये हालसम्म माछापुच्छ्रे बैंकले मात्र बुक क्लोज गरेर साधारण सभाको मिति तय गरेको छ । यस बैंकले कार्तिक ८ गते बुक क्लोज गरेर कार्तिक १६ गते साधारणसभा बोलाएको हो । 

हालसम्म लाभांश घोषणा गर्ने बैंकमध्ये सबै भन्दा थोरै लाभांश दिने बैंक कुमारी बैंक रहेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ८.६७ प्रतिशत मात्र लाभांश वितरण गर्न लागेको हो । यस बैंकले लगानीकर्तालाई ७ प्रतिशत बोनस शेयर र करप्रयोजनसहित २.६७ प्रतिशत नगत लाभांश वितरण गर्न लागेको हो । बैंकले लाभांश वितरण गर्न कार्तिक ७ गते नै बुक क्लोज गरिसकेको छ । यसले कार्तिक १६ गते साधारणसभा बोलाएको छ ।

वाणिज्य बैंकको लाभांश सूची

लाभांश घोषणा गर्ने तीन विकास बैंक
हालसम्म ३ विकास बैंकले मात्रै गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने तीन विकास बैंकमध्ये सबै भन्दा धेरै लाभांश कामना सेवा विकास बैंकको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । यस बैंकले साधारणसभा प्रयोजनको लागि आज (कार्तिक १०) गते बुक क्लोज गरेको छ ।

सबै भन्दा धेरै लाभांश घोषणा गर्ने दोस्रो विकास बैंक लुम्बिनी विकास बैंक रहेको छ । यस बैंकले लगानीकर्तालाई गत वर्षको नाफाबाट १३.७१ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हालसम्म यसले बुक क्लोज र साधारण सभा मिति तय हुन बाँकी छ । 

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले पनि आफ्नो लगानीकर्तालाई लाभांश दिने घोषणा गरिसकेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ०.५३ प्रतिशत नगत लाभांश दिने घोषणा गरेको छ । सांग्रिलाको बुक क्लोज र साधारण सभा मिति निर्धारण भईसकेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको बुक क्लोज कात्तिक ५ गते भइसकेको छ भने कार्तिक १६ गते साधारणसभा बोलाएको छ ।

विकास बैंक लाभांश सूची 

Advertisement