बुढीगण्डकी आयोजना बनाउन भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर घटाइयो

Advertisement

काठमाडौं  । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना बनाउन भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर घटाइएको छ । सरकारले बुढीगण्डकी पूर्वाभार कर भन्दै डिजेल र पेट्रोलमा कर लगाउँदै आएको थियो । 

डिजेल र पेट्रोलमा लिटरमा लाग्दै आएको पूर्वाधार करमध्ये १०–१० रुपियाँ घटाउने निर्णय गरिएको हो । उक्त कर घटाइएसँगै पेट्रोल र डिजल प्रतिलिटर क्रमसः १७० रुपियाँ र १५३ रुपियाँ हुनेछ ।  

Advertisement

अर्थ मन्त्रालयले पूर्वाधार कर हटाउने निर्णय गरेर कार्यान्वयनका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । रुस–युक्रेन युद्धसँगै पेट्रोलियम पदार्थको भाउ आकासिएपछि नेपाल आयल निगमले लगातार  मूल्य बढाउँदै आएको छ । मूल्य बढेसँगै सरकारको चर्को विरोधसमेत हुँदै आएको थियो । 

तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलको समयमा लगाउन सुरु गरिएको पूर्वाधार कर अर्का अर्थमन्त्री युवराज खतिवडाको पालामा बढाएर प्रतिलिटर १० रुपियाँ पुर्याइएको थियो । 

Advertisement

Advertisement