महेन्द्रनगरमा डिशहोम फाइबरनेटको शोरूम सञ्चालन

Advertisement

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले कञ्चनपुरको महेन्द्रनगरमा सह–वितरण शोरुमको शुभारम्भ गरेको छ । बिहीबारदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त शोरुमको सञ्चालन नवदुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ ।

शोरुम उद्घाटनमा डिशहोमका क्षेत्रीय बिक्री प्रवन्धक निर्मल आचार्य र बिक्री अधिकृत कमल रिमाल, डिलर व्यवस्थापक जगदिश भट्ट सहभागी थिए । विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको नवदुर्गा पशुपालन तथा कृषि फार्मले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत सेवा दिनेछ ।

Advertisement

तीन सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसको नवदुर्गा पशुपालन तथा कृषि फार्मले अब अझ बढी ग्राहकमाझ पुग्न मद्दत गर्ने कम्पनीको आशा छ । 
 

Advertisement

Advertisement