एयरटेलले व्याण्डविथ आपूर्ति रोक्यो, सरकारी उदासिनताले ७० प्रतिशत इन्टरनेट सेवा अवरुद्ध

Advertisement

काठमाडौं । भुक्तानी नपाएपछि भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले व्याण्डविथ आपूर्ति रोकिदिएको छ । उसले बिहीबार अपरान्ह ४ बजे लिङ्क काटिदिएका कारण ७० प्रतिशत इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकले बताए । 

इन्टरनेट सेवा प्रदायकहरुले अपस्ट्रिम सेवा प्रदायकहरुलाई रकम भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस माग गर्दै आए पनि सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले रोक्दै आएकी थिइन् । 

Advertisement

सञ्चार मन्त्रालयले इन्टरनेट सेवा प्रदायकहरुले दुई अर्बभन्दा बढी कर तिर्न बाँकी रहेको दावी गर्दै आएको छ भने सेवा प्रदायकहरुले भने आफूहरुको कुनै पनि कर बक्यौता नरहेको भन्दै बदनियतपूर्ण तरिकाले आफूहरुलाई दुःख दिने काम भइरहेको बताउँदै आएका छन् । 

केही दिनअघि इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले पत्रकार सम्मेलन गरेर सरकारले समस्या समाधानका लागि उदासिनता देखाए कुनै पनि दिन इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने भन्दै सचेत गराएका थिए । इन्टरनेट सेवा प्रदायकहरुले सार्वजनिक गरेको कागजाज, घटनाक्रम, सरकारसँग भएको सम्झौता र मन्त्रिपरिषदले गरेको निर्णयको आधारमा इन्टरनेट सेवा प्रदायकहरुले ग्रामीण दूरसञ्चार शुल्क र रोयल्टी तिर्नुपर्ने देखिन्न । तर सरकारी पक्षले भने तिर्नुपर्ने अडान कायम राख्दा आज इन्टरनेट सेवा प्रभावित हुने स्थिति आएको हो । 

यसअघि विभिन्न मितिमा एयरटेल, टाटा लगायतका अपस्ट्रिम प्रदायकले रकम भुक्तानीका लागि ताकेता गर्दै आएका थिए । सबैभन्दा ठूलो हिस्सा एयरटेलको रहेको छ । 

आज सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक व​र्ल्डलिंकले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै अपस्ट्रिम सेवा प्रदायकले भुक्तानी नपाएका कारण अन्तर्राष्ट्रिय लिङ्क काटिदिएको जनाएको भन्दै आफ्ना ग्राहकलाई सुचना दिएको छ । 

उसले भनेको छ, ‘सरकारबाट विदेशी मुद्राको सिफारिस नपाउँदा नेपालका इन्टरनेट सेवा प्रदायकहरूले अपस्ट्रिम सेवा प्रदायकलाई भुक्तानी पठाउन सकेका छैनन् । 

Advertisement

Advertisement