असारमा दर्ता भए १४ अर्बभन्दा बढी लगानी गर्ने प्रतिवद्धतासहित सात उद्योग, ६७९ ले रोजगारी पाउने

Advertisement

काठमाडौं । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असार महिनामा १४ अर्बभन्दा बढि लगानीको प्रतिवद्धतासहित सात उद्योग दर्ता भएका छन् । ती उद्योगहरु असार २९ गतेसम्म विभागमा दर्ता भएका हुन् । 

दर्ता भएका उद्योगहरुमा चार वटा ठूला र बाँकी साना त्थ्ँ मझौला उद्योग छन् । ठूला उद्योगहरुमा दार्चुलामा पाँच अर्ब ९६ करोड ९० लाख ५५ हजार रुपियाँमा लगानीमा दार्चुला पावर प्रालि, पर्सामा पाँच अर्ब ५० करोड रुपियाँ लगानीमा प्राइम स्टिल प्रालि, म्याग्दीमा ९५ करोड १६ लाख ५८ हजार रुपियाँ लगानीमा चितवन इनर्जी लिमिटेड, काठमाडौंमा ७३ करोड २५ लाख ४० हजार रुपियाँ लगानीमा हेली नेपाल प्रालि रहेका छन् ।

Advertisement

त्यस्तै, मझौला उद्योगमा डडेल्धुरामा ५० करोड रुपि लगानीमा फर वेष्टर्न एग्रो जाइन्ट लिमिटेड रहेको छ भने साना उद्योगमा काठमाडौंमा २० करोड रुपियाँ लगानीमा जय मातादी कोल्ड स्टोर र पर्सामा १५ करोड रुपियाँ लगानीमा दियालो गेमिङ प्रालि रहेका छन् । विभागका अनुसार दर्ता भएका यी उद्योगबाट ६७९ जनाले रोजगारी पाउने छन् ।

Advertisement

Advertisement