सन् २०३० सम्म देशलाई ‘स्टार्टअप नेसन’ बनाइने, एक लाख रोजगारी सिर्जना गरिने

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’खोल्ने घोषणा गरेको बताएका छन् । 

सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बिजनेस इन्कुबेटर कन्फरेन्समा उनले अहिले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता भएको भन्दै औद्योगिक रुपान्तरणको लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा सात इन्कुबेटर्स सेन्टर बनाउने बताए । 

Advertisement

बडूले सरकारले पहिलो प्राथमिकतामा राखेर मुलुकभित्र नै उत्पादन बढाउने र नयाँ स्टार्टअप उद्यमीको प्रवद्र्धधनमा जोड दिएको बताए । उनले सरकारले बिजनेस इन्कुबेटर कन्फरेन्सलाई अझ व्यापक बनाउन निजी क्षेत्र तथा त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्न लागेको बताए । बिजनेस इन्कुबेटर कन्फरेन्सको लागि सरकारले छुट्याएको बजेट प्राप्त भने नभएको बडूले स्वीकार गरे । 

महासंघका अध्यक्ष अध्यक्ष शेखर गोल्छाले उधमशिलता विकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक भएको बताए । उनले नेपालमा स्टार्टअप उद्यमीको सफलताको दर कम रहेको भन्दै स्टार्टअप सफलताको दर बढाउन इन्कुबेसन सेन्टर आवश्यक भएको दाबी गरे । गोल्छाले सरकारले नेपाली युवालाई देशभित्र नै भविष्य बनाउनको लागि इन्कुबेसनमा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए । 

बिजनेस इन्कुबेटर कन्फरेन्सले घोषणापत्र जारी गर्दै सन् २०३० सम्म देशलाई स्टार्टअप नेसन बनाउने र स्टार्टअप इको सिस्टम बनाएर एक लाख रोजगारी सिर्जना गर्ने पनि घोषणा गरेको छ । कन्फरेन्स नेपाल सरकार, उद्योग वाणिज्य महासंघ, अन्तरप्रेरणा, इसिमोड र नेदरल्याण्डको पुम संस्थाको सहकार्यमा गरिएको थियो ।

Advertisement

Advertisement