Advertisement

काठमाडौं । सुचना प्रविधि क्षेत्रमा आक्रामकरुपमा अघि बढेको कम्पनी डिशहोमले आईपी टिभीको सेवा सुरु गरेको छ । प्रभु समूहमार्फत प्राप्ती गरेको प्रभु टिभीलाई परिस्कृत गरी कम्पनीले आईटिभी ब्राण्डमा यो सेवा सुरु गरेको हो ।

सोमबार आयोजित कार्यक्रममा डिशहोमका अध्यक्ष हेमराज ढकाल र कार्यकारी निर्देशक सुदीप आचार्यले संयुक्तरुपमा यसको शुभारम्भ गरे । डिटिएच प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले पछिल्लो समयमा इन्टरनेटसहित सुचना प्रविधिका नयाँ नयाँ क्षेत्रमा सेवा र लगानी विस्तार गर्दै आएको छ । 

Advertisement

विगत १२ बर्षअघि स्थापना भएको यस डिशहोमका देशभर लाखौं ग्राहक छन् । भविश्यमा टेलिकममा समेत लगानी गर्ने योजना बनाएको यस कम्पनीले टेरेस्टोरियल (टीटू) पछि आईपी प्रविधिमा आधारित टेलिभिजन सेवाको समेत सुरुवात गरेको हो ।  

Advertisement

Advertisement