पैसाको लागि विवाहको नाटक, साढे दुई करोडको बीमा गरेर युवकको हत्या

Advertisement

काठमाडौं । पैसाको लोभमा युवकसँग विवाहको नाटक गरी साढे दुई करोड रुपियाँको बीमा गरेर एक युवकको हत्या गरिएको छ । उक्त हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

ठूलो रकमको बीमा गरेलगत्तै युवकको हत्या भएपछि प्रहरीले अनुसन्धान गर्दा बीमा रकमको पैसाका लागि हत्याको योजना बनाइएको खुलेको हो । डिपेन्डेन्ट भिसामा अमेरिका जाने भन्दै २१ बर्षीय युवती सपना मल्लले सोही उमेरका सजन विकसँग नक्कली विवाह गरेकी थिइन् । 

Advertisement

उक्त कार्यमा संलग्न रहेको भन्द्र प्रहरीले मल्लसहित छ जनालाई सार्वजनिक गरेको छ । तिनीहरुमा ३१ वर्षका सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् । बाँके कोहलपुरका सर्जन बिकले डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लान पाउने लोभमा सपनासँग नक्कली विवाह गर्न तयार भएका थिए । 

सोही क्रममा सजनको रिलाइनस लाइफ इन्स्योरेन्स कम्पनीमार्फत दुई करोड ५० लाख रुपियाँको जीवन बीमा गरिएको अनुसन्धानबाट खुल्न आएको हो । प्रहरीले पूर्वयोजना बनाई विवाह गरेर विदेश जाने लोभ देखाई बीमा रकम लुट्ने प्रयास भएको बताएको छ |

Advertisement

Advertisement