आइएमई जनरलका सीईओ श्रेष्ठको कार्यकाल दोहोरियो, समितिले दियो स्वीकृती

Advertisement

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठको कार्यकाल दोहोरिएको छ । सीईओ श्रेष्ठले आफ्नो दोस्रो कार्यकाल आजदेखि सम्हालेका हुन् ।

उनको पहिलो कार्यकाल हिजो सक्किएसँगै उनले आफ्नो दोस्रो कार्यकालको निरन्तरताका लागि बीमा समितिबाट स्वीकृती पाएका छन् । 

Advertisement

विगत चार वर्षदेखि आइएमई जनरलको व्यवस्थापन सम्हाल्दै आएका श्रेष्ठले पुनः चार वर्ष सोही कम्पनीको नेतृत्व सम्हाल्ने भएका हुन् । 

उनको कार्यकाल दोहोरिएसँगै आईएमई जनरल परिवारमा खुशीयाली छाएको छ । आजै कर्मचारीहरुले औपचारीक रुपमा नै खुशीयाली साटासाट गरेको कम्पनीले जनाएको हो । 


 

Advertisement

Advertisement