आज (साउन २६)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज वि.सं.२०७९ साल साउन महिनाको २६ गते बिहीबार, श्रावण शुक्लपक्षको चतुर्दशी तिथि । 

मेष 
शेयर क्षेत्रबाट औसत लाभ मिल्ने छ । समय संयमित रहेर मात्र पाइला चाल्नु पर्ने खालको छ । पेशागत जीवनका अनुमान नगरिएका समस्याहरु देखा पर्न जाने छ । मनमा सुखको अभाव हुन जाँदा निराशाले घेर्ने छ । रिस छिटो उठ्ने भएकाले पारीवारिक जीवनमा अशान्ति उत्पन्न हुने छ । 

Advertisement

वृष 
शेयर बजारबाट फाइदा मिल्ने छ । मनमा चिन्ता, भय र अन्योलताले भने छोड्ने छैन् । साझेदारीमा गरिएका कार्यहरुबाट भने केही लाभ प्राप्त हुने छ । पेशागत जीवनमा औसत रहने छ । निर्णय क्षमतामा कमि आउन जाने छ । यात्रामा जाने अवसर प्राप्त हुने छ ।

मिथुन 
शेयर क्षेत्रबाट अपेक्षाकृत लाभ नभए पनि आंशिक लाभ भने मिल्ने छ । समय सकारात्मक रहेको छ । पेशागत जीवनबाट लाभ प्राप्त हुने छ । व्यापार व्यवसायमा रहेकाहरुको हकमा पनि सकारात्मक समय रहेको छ । भित्रि बृद्धि सक्रिय हुने भएकाले कार्यसफलता मिल्ने छ । साझेदारीमा गरिएका कार्यहरुबाट प्रतिफल प्राप्त हुने छ । 

कर्कट
शेयर क्षेत्रबाट लाभ मिल्ने छ । बाहिरबाट हेर्दा भने बोल्ड ब्यक्तित्व हुने भएता पनि आफै भित्र भने मनमा मनोवलको मात्रा कमि हुने छ । मनमा उत्पन्न हुने तिब्र दुविधाले गर्दा निर्णय क्षमतामा कमि ल्याउने छ । पेशागत जीवनमा भने सकारात्मक अवस्था विद्यमान रहने छ । 

सिंह
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । समय प्रतिकुल खालको सक्रिय भएकाले सावधानी रहनु होला । धन सम्पत्ति नोक्सान हुने योग रहेकाले सतर्कतासहित मात्र अघि बढ्नु पर्ने देखिन्छ । भाग्यहिनताको आभाष हुने भएकाले जारी रहेका कामहरु पुरा हुन कठिन हुने छ । मेहनत र पराक्रमीपनामा भने कायम रहने छ । 

कन्या
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । समय सकारात्मक रहेको छ । भाग्य बलियो भएकाले आँटेका कामहरु पुरा हुने तर्फ जाने छन् । पेशागत जीवनमा प्रगति हुने छ । पेशा तथा ब्यवसायबाट भाग्योदय हुने छ । दाम्पत्य जीवनमा केही निराशाजनक वातावरण उत्पन्न हुने छ । साझेदारीमा गरिएका कार्यहरुमा भने असमझदारी उत्पन्न हुने छ । 

तुला 
शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ । शान्त स्वाभावको ब्यक्तित्व हुने हुँदा अरुको विश्वास आर्जन गर्न सकिने छ । भाग्यको बलियो साथ रहेकाले मन बलियो हुने छ । प्रतिकुल अवस्थामा पनि मनमा उत्साह रहनाले देखा परेका समस्याहरु समाधान गर्न शक्ति प्राप्त हुने छ । पेशागत जीवनका विषयमा शान्त भएर पाइला चाल्नु होला । 

वृश्चिक
शेयर क्षेत्रबाट औसत लाभ मिल्ने छ । समय सकारात्मक रहेकाले मनमा दृढता आउने छ । बोलीको प्रभावकारितामा बृद्धि हुँदा आँटिलो खालको स्वाभाव बन्न पुग्ने छ । व्यक्तिगत स्वाभाव पनि शान्त र भद्र प्रकृतिको हुने भएकाले अरुले मन पराउने छन् । पेशागत जीवनबाट धन, सम्पत्ति तथा वित्तिय अवस्थामा फाइदा मिल्ने छ । 

धनु 
शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् । बोल्ड खालको ब्यक्तित्व हुने छ । तर रिस कडा हुने हुँदा अरुले घमण्डि खालको भनि चित्रित गर्ने छन् । आम्दानीमा बृद्धि हुने छ । जीवनसाथिको साथसहित काम गरेमा उक्त कामबाट हुने लाभमा बृद्धि गर्ने छ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ । 

मकर 
शेयर क्षेत्र मध्यम खालको रहने छ । समय प्रतिकुल खालको रहेकाले संयमित भएर कदम चाल्नु होला । मनमा उदासिनाता देखिँदा एकाग्रताको अभाव हुने छ । भाग्यको एक हदसम्म साथ रहनाले ब्यावाहारिक जीवनमा देखा परेका अप्ठ्यारोलाई समाधान गर्न आँट भने प्राप्त हुने छ । पेशागत र व्यावसायिक क्षेत्र मध्यम प्रकृतिको रहने छ । 

कुम्भ 
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । बोली कडा खालको हुने हुँदा सम्बन्धहरुमा समस्या निम्तिने छ । धन, सम्पत्ति तथा पैतृक सम्पत्तिका विषयमा परिवारका सदस्यहरुबीच विवाद हुने चुनौति छ । भाग्य बलियो साथ रहेकाले मनमा दृढ बन्ने छ । जीवनमा आउने उतार चढावलाई समाधान गर्ने दिशामा मनोबल बढ्ने छ । पेशागत जीवनमा संयम रहनु पर्ने समय छ, बादबिबादबाट परै रहनु राम्रो ।

मीन
शेयर क्षेत्रबाट प्रत्यक्ष लाभ नभए पनि प्रतिकुल पनि हुने छैन् । आम्दानीमा बढोत्तरी हुने छ । आफुले राखेका सपना र महत्वाकांक्षाहरु पुरा हुनेतर्फ जाने छ । कार्यालय सम्बन्धी केही स–साना विषयमा द्वन्द देखा पर्ने भएता पनि पेशागत जीवन औसत अवस्थाबाट नै गुज्रने छ । पैतृक सम्पत्ति गुम्ने वा घाटा हुने चुनौति छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement