तीजमा सानिमा बैंकको कोसेलीः लकर शुल्कमा ७५ प्रतिशत छुट, रु. ५०० सम्म क्यासब्याक

Advertisement

काठमाडौँ । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । 

उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, यूएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ । 

Advertisement

साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्ने छन् । 

यो योजना भदौ १ देखि १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना भदौ मसान्तसम्म लागू हुनेछ । 

बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् । 
 

Advertisement

Advertisement