आज (साउन ३१)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल साउन महिनाको ३१ गते मंगलबार, भाद्र कृष्णपक्षको पञ्चमी तिथि । आज साउने मसान्ति ।

मेष 
समय सुधार आउने छ । व्यक्तित्वमा निखारता देखा पर्ने छ । बौद्धिक व्यक्तित्व बन्ने हुँदा अरुको दृष्टिकोणमा सकारात्मक भाव बृद्धि भई आदर पाइने छ । पेशागत जीवनमा भने उल्झनहरुको सामना गर्नु पर्ने भएकाले धैर्य भएर पाईला चाल्नु होला । अनावश्यक स्थानमा झैझगडाबाट गुज्रनु पर्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

Advertisement

वृष
शारीरिक कमजोरीले पिरोल्ने छ । मनोबलको कमि हुन जाँदा दृढताको अभाव हुने व्यक्तित्व देखिने छ । साझेदारीमा गरिएका कामबाट भने सफलता हात लाग्ने छ । जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा सफलता प्राप्त हुने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

मिथुन 
पेशागत जीवनमा अस्थिरता आए पनि आर्थिक अवस्थामा भने सन्तुलन कायम रहने छ । यसले गर्दा व्यक्तित्वमा कमजोरीहरु देखा पर्ने छ । व्यापार गरिरहेको हकमा धेरै उत्साही भईहाल्ने समय रहेको छैन् भने रोजगारीमा रहेकाहरुको हकमा समय औसत रहन्छ । शेयर बजार सकारात्मक बन्ने छैन् । 

कर्कट
भाग्यको साथ नरहेकाले काम गर्ने तर त्यसबाट जस नपाउने अवस्था आउने छ । राम्रै गर्न खोजे पनि त्यसको कदर हुने छैन् । मनमा निराशाका विचारहरुले सताउने छ । पेशागत जीवनमा उतार चढावको अवस्था देखा पर्ने भएकाले सतर्क भएर कदम चाल्नु होला । शेयर क्षेत्रबाट भने केही लाभ मिल्ने छ । 

सिंह
चतुरताको अभाव हुने हुँदा फाइदा हुने कुरामा पनि त्यसको लाभ मिल्ने छैन् । पेशागत जीवनमा उतार चढावको अवस्थाबाट गुज्रनु पर्ने छ । कार्यालय तथा व्यापारीक क्षेत्रमा आउने द्वन्दमा आफ्नो अवस्था कमजोर हुने भएकाले यसबारेमा सतर्क भई चल्नु राम्रो हुने देखिन्छ । शेयर क्षेत्रमा संयमित रहनु होला । 

कन्या
आर्थिक विषयमा जोड दिने इच्छाशक्ति प्रवल हुने छ । राजनीतिक क्षेत्रमा रहकोहरुलाई केही फाइदा मिल्ने छ, अरुको पेशाका हकमा समय औसत रहेको छ । सुख सुविधाका साधनहरु गुमाउनु पर्ने चुनौति देखिन्छ  । होटल, रेष्टुरेण्ट, घर घडेरी जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय प्रतिकुल छ । शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ । 

तुला
दृढ खालेको व्यक्तित्व हुने छ । पेशागत जीवनमा औसत समय सक्रिय रहेको छ । पारीवारिक जीवनमा भने झैझगडाको अवस्था देखा पर्ने छ । भाग्यको साथ नरहेकाले कार्यसफलता कम हुन जाँदा मनमा निराशा देखा पर्ने हुँदा निराश नभई कर्मशिल बन्ने प्रयास गर्नु होला । शेयर बजारमा उत्साही भइहाल्ने समय छैैन् ।

वृश्चिक
आम्दानीमा गिरावट आउने छ । पेशागत पक्ष सकारात्मक नै रहन्छ तर प्रतिष्पर्धीहरुसँग जुध्न बढि उर्जा खेर जाने छ । मनमा दुविधाका क्षणहरु धेरै आउने छन् । आम्दानीमा कमि आउँदा पारीवारिक दबाब उत्पन्न हुन जाने छ । अध्ययन अध्यापनमा तिब्रता आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

धनु 
बाहिरबाट मनोबल उच्च भएको देखिए तापनि भित्रि मन कमजोर रहने छ । कार्य सम्पादनमा केही ढिलाई हुने छ । मनमा उदासिनताको मात्रा विद्यमान रहने छ । दुविधाग्रस्त व्यक्तित्व हुने छ । साझेदारीमा गरिएका कामबाट भने लाभ प्राप्त हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मकर 
बोलीको प्रभावकारीमा उच्च बृद्धि हुने छ । समय सकारात्मक रहेको छ । पेशागत जीवनमा शुभ अवसर प्राप्त हुने छ । नोकरी तथा व्यापारमा रहेकाहरुलाई लाभ मिल्ने छ । घर घडेरीसँग सम्बन्धि व्यवसाय गर्नेहरुको हकमा भने समय प्रतिकुल देखिन्छ । शेयर औसत खालको रहने छ । 

कुम्भ 
धन सम्पत्तिमा बृद्धि हुने छ । पेशागत जीवन मध्यम खालको रहे पनि सकारात्मक दिशाको हुने छ । व्यक्तित्वमा दृढता बढ्ने छ, त्यसैले निडर खालको स्वाभाव देखिने छ । तर घमण्डि स्वाभाव हुने भएकाले सतर्क रहनु भने पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा बादबिबाद देखिने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

मीन
भाग्यको साथ रहेको छ । पेशागत क्षेत्रमा उन्नति प्रगतिको अवसर प्राप्त हुने छ । तर बोलीमा भने रुखोपना आउने भएकाले संयमित रहनु होला । बादबिबादबाट बच्न सके शुभ रहने छ । पारीवारिक मधुरता छाउने छ । विश्वास गरेका मित्रहरुबाट धोका हुने चुनौति रहेकाले सतर्क रहनु होला । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement