साउनमा सरकारी खर्च १.२४ प्रतिशत, राजस्व संकलन ५.६८ प्रतिशत

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको सुरुवाती महिना साउनमा सरकारले १.२४ प्रतिशत खर्च गरेको छ । १७ खर्ब ९३ अर्ब रुपियाँको बजेटमध्ये पहिलो महिना २२ अर्ब २५ करोड रुपियाँ मात्रै खर्च गरेको हो ।

कुल खर्चमा चालु प्रकृतिका ५ अर्ब ६५ करोड रुपियाँ खर्च भएको छ। यो विनियोजनको ०.४८ प्रतिशत मात्रै हो । पुँजीगत खर्च भने १ अर्ब ४८ करोड रुपियाँ मात्रै भएको छ। अर्थात यस्तो बजेट विनियोजनको ०.३९ प्रतिशत मात्रै छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ १५ अर्ब ११ करोड ६९ लाख रुपियाँ खर्च भएको थियो । वित्तीय व्यवस्थातर्फको विनियोजनको ६.५७ प्रतिशत हो ।

Advertisement

राजस्वतर्फ ७९ अर्ब ७२ करोड २५ लाख रुपियाँ संकलन भएको छ । वार्षिक लक्ष्यको तुलनामा ५.६८ प्रतिशत राजस्व साउनमै उठेको हो। जसमा कर राजस्व ७० अर्ब ६३ करोड ८६ लाख रुपियाँ उठेको छ भने गैर कर राजस्व ९ अर्बभन्दा बढी संकलन भएको छ । 

Advertisement

Advertisement