भारतमा फोन गर्न चाहने ग्राहकका लागि नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’ योजना

Advertisement

काठमाडौं । नेपाल टेलिकमले भारतमा फोन गर्न चाहने ग्राहकलाई लक्षित गर्दै इन्डिया भ्वाइस प्याक योजना सार्वजनिक गरेको छ । 

कम्पनीले भदौ १ गतेदेखि लागु हुने गरी दैनिक, साप्ताहिक तथा मासिक प्याक ल्याएको हो । उक्त अफर अनुसार ग्राहकले नेपालबाट भारतमा फोन गर्दा ५९ रुपियाँमा १७ मिनेट कुराकानी गर्न सक्नेछन् । 

Advertisement

त्यस्तै, २५९ रुपियाँमा एक हप्ताको लागि ७५ मिनेट तथा ७५९ रुपियाँमा एक मिहिनाको लागि २२१ मिनेटसम्म कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ ।  

टेलिकमका सह प्रवक्ता रञ्जित लोहियाले स्टार १४१५ ह्यास डायल गरी ७ नम्बर छनोट गरी उक्त सुविधा लिन सक्ने बताए । 

Advertisement