आज (भदौ ३) को राशिफलः तपाईंको पेशा, व्यवसाय कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल भाद्र महिनाको ३ गते शुक्रबार, भाद्र कृष्णपक्षको अष्टमी तिथि । आज श्रीकृष्णअष्टमी रहेको छ ।

मेष 
चतुर प्रकृतिको व्यक्तित्व हुने छ । प्रेममय वातावरण कायम रहने छ । पेशागत जीवन र आम्दानीमा नयाँ फड्को आउने छ । पारीवारिक मिलन हुने छ । यात्रामा सफलता प्राप्त हुने छ । पुराना मित्रहरुसँग मिलन हुने र सहसहयोगको वातावरण बन्ने छ । आर्थिक खर्च भने बढ्ने छ । दाम्पत्य जीवनमा मधुरता कायम हुने छ ।

Advertisement

वृष
बोलीमा संयमित रहनु होला । यात्रामा सोचे जस्तो सफलता हुने छैन् । भविष्य प्रतिको चिन्ताले पिरोल्ने छ । यसले गर्दा मनमा उत्साहको कमि देखिने छ । बौद्धिकतामा कमि आउँदा आफ्नो ओहोदा अनुसारको व्यावहार हुन सक्ने छैन् । बोलीमा रुखोपना आउने छ । पेशागत जीवन स्थिर रहने छ । आर्थिक पक्ष औसत रहने छ । 

मिथुन
स्वास्थ्यमा समस्या देखिने छ । मनोबलको कमि हुने छ भने मनमा दुविधात्मक सोचाईहरुले गर्दा अन्योलता उत्पन्न हुन पुग्ने छ । शारीरिक कमजोरीले सताउने छ । भाग्यको साथ रहेकाले धेरै हानि भइहाल्ने अवस्था नभएकाले डराई हाल्नु पर्ने समय भने छैन् । पेशागत जीवनमा अवरोधको सामना गर्नुपर्ने छ ।

कर्कट
मनमा चिन्ताले असाध्यै सताउने छ । भाग्यको साथ नरहेकाले कार्य अवरोध औसत भन्दा धेरै हुन पुग्ने छ । जीवनसाथिको साथका कारण पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । व्यक्तित्वमा दृढता कायम रहने छ । नयाँ सवारीसाधन खरिद गर्ने सोच आउने छ । मनोरञ्जनात्मक क्षेत्रमा खर्च बढ्ने छ । 

सिंह
दाम्पत्य जीवनमा धैर्य भएर पाइला चाल्नु होला । आम्दानीका स्रोतहरुमा जटिलताहरु देखा पर्न जाने छन् । औसत रुपमा नियमित तवरले भइरहेका कामहरु रोकिन जाने छन् । पेशागत जीवनमा समस्याहरु आउने छन् । धैर्य भएर पाईला चाल्नु पर्ने समय रहेको भए पनि भाग्य बलियो भएका कारण धेरै प्रतिकुल अवस्था भने आउने छैन् । पेशागत जीवनमा सकारात्मक नतिजा आउने छ । 

कन्या
प्रेममय वातावरण हुने छ । पेशागत जीवन औसत रहने छ । मनोबलको पनि कमजोरी देखा पर्ने भएकाले संयमित भई पाइला चाल्नु होला । मनमा दुविधाले सताउने हुँदा निराशाजनक भावले पिरोल्ने छ । पानी, दुग्ध पदार्थ, औषधी, विषादीजन्य कारोवार, मदिरा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्न कठिन हुने छ । 

तुला
नराम्रा सपनाले सताउने छ । सन्तानबाट सुख प्राप्त हुने छ । पेशागत जीवनमा भने समस्याहरु देखापर्ने समय रहेकाले विचार गरेर मात्र कदम चाल्नु होला । यात्रामा जाने अवसर प्राप्त हुने छ । परिवारमा मिलनको वातावरण हुने छ भने दाम्पत्य जीवनमा रोमाञ्चकता आउने छ । रोगव्याधीजन्य विषयमा सतर्क रहनु होला । 

वृश्चिक
पेशाप्रति समर्पित हुन मन लाग्ने हुँदा हुँदै पनि आफुले गरेको कामको उचित मुल्यांकन नहुँदा मनोबलमा कमि आउने छ । भाग्यको साथका कारण आकस्मिक आम्दानी भने प्राप्त हुने छ । मनमा धेरै दुविधा आउने छन् । व्यापारिक क्षेत्रमा रहेकाहरुको हकमा फाइदा मिल्ने देखिन्छ । यात्रामा समस्या आउने छ । 

धनु 
झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । कडा शैलीको व्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव उच्च रहने भएकाले कठिनाईहरुसँग जुध्न तागत प्राप्त हुने छ । रिस पनि धेरै उठ्ने भएकाले संयमित रहनु होला । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने छन् । पेशागत जीवन औसत खालको हुने छ । 

मकर 
स्वास्थ्य समस्याका कारण अस्पतालजन्य खर्च हुने छ । शारीरिक कमजोरीले सताउने छ । मनोबलमा पनि कमि आउने छ । घर परिवारमा द्वन्दको वातावरण देखा पर्ने छ । खासगरी पैतृक सम्पत्तिको प्रयोगका विषयमा आपसमा कुरा मिल्ने छैन् । धेरै जोखिमले भरिएको कार्य भन्दा औसत रुपमा अघि बढ्नु उपयुक्त हुने देखिन्छ । 

कुम्भ 
आकस्मिल लाभ प्राप्त हुने छ । शान्त खालको व्यक्तित्व हुने भएकाले सबैसँग मिल्न सक्ने स्वाभाव हुने छ । सहयोगि खालको व्यक्तित्व हुने छ । पेशागत जीवनमा अवरोधहरु देखा पर्न जाने छन् । कामको शिलशिलामा विदेश यात्रामा जान चाहनेहरुका लागि समय अनुकुल बन्ने छ । 

मीन
एकलकाँटे स्वाभाव बृद्धि हुने छ । बौद्धिकताको मात्रामा भने केही बृद्धि हुने छ । तर क्षमता अनुसार अवसर प्राप्त नहुँदा मनमा निराशाले सताउने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट देखा पर्ने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नुपर्ने भएकाले संयमित रहनु होला । व्यापार व्यवसायमा रहेकाहरुले धेरै जोखिम नलिनु होला ।
(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)
 

Advertisement

Advertisement