प्रविधि विकासले जलविद्युतको भविश्य मैले देख्दिनः रमेश हमाल, ‘बिजुली निर्यात गर्ने वस्तु होइन्’

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालको जलविद्युतको भविश्य नरहेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले प्रविधिमा भएको विकास र उर्जाको सहज विकल्प खोजी गर्ने क्रम बढ्दै गएकाले जलविद्युतको भविश्य आफूले नदेखेको बताए । 

तर तत्कालका लागि भने उर्जाको मुख्य माध्यम जलविद्युत नै भएको हमालले बताए । उनले भने, ‘हाइड्रोपावर त एक दिन सुक्नेवाला छ । हाइड्रोपावर त अहिलेको लागि हो । मिडट्रमका लागि हो । लङटर्ममा मैले फ्युचर देख्दिन । किन भने प्रविधि चेन्ज भइरहको छ नि त । नयाँ, सस्तोे र उपयुक्त विकल्पको खोजी भइरहेको छ ।’

Advertisement

हमालले यो तथ्य आफूले सेबोनको अध्यक्षको हैसियतले बोल्न नमिले पनि सम्वन्धित क्षेत्रको इन्जिनियर र नेपाल विद्युत प्राधिकरण सहित उर्जा क्षेत्रमा समेत काम गरेको अनुभवका आधारमा बताएको बताए । 

जलविद्युतमा ठूलो लगानी हुने, ठूलो प्रभाव हुने, समय पनि धेरै लाग्ने भएकाले त्योभन्दा उपयुक्त विकल्प आएपछि यो क्षेत्र भविश्यमा सुक्ने बताउँदै उनले थपे, ‘इण्डियामा आजभन्दा ११–१२ अगाडि मलाई १३–१४ भारु जस्तो लाग्छ पीपीए रेट थियो सोलारको । अहिले त्यहाँ यो रेट तीन रुपियाँमा आइसक्यो । सोलारको रेट घटिरहेको छ । व्याट्रीको रेट पनि घटिरहेको छ । विण्ड पावरको रेट पनि घटिरहेको छ ।’

आफ्नो साथीहरुले स्वीजरल्याण्डमा सन् २०११–१२ तिर एउटै पोलमा तीन मेगावाट विद्युत उत्पादन गर्ने गरेकोमा अहिले पाँच मेगावाट उत्पादन गर्ने गरेको उदाहरण दिँदै अध्यक्ष हमालले उपयुक्त ठाउँ हेरेर सय वटा पोल राख्न सकियो भने पाँचसय मेगावाट विद्युत उत्पादन हुन भने किन जलविद्युतमा लगानी गर्ने ? भने । 

तर केही बर्ष भने आन्तरिक उत्पादनको पूर्ति र व्यापार घाटा कम गर्न भने जलविद्युतलाई हामीले उपयोग गर्न सकिने उनको भनाई छ । जलविद्युतको भविश्वको कुरा गर्दा जलविद्युतमा लागेका मानिस वा लगानीकर्तालाई किन यस्तो कुरा गरेको भन्ने जिज्ञासा र आक्रोस हुनसक्ने बताउँदै हमालले भने, ‘तर सत्य सत्य नै हुन्छ । जलविद्युत बुझेका मानिसहरुले यो कुरालाई अस्वीकार गर्दैनन् । भोलि हामी एक अर्ब लगानीमा सोलार वा विण्डबाट सय मेगावाट विद्युत उत्पादन हुने भयो भने अर्बौं लगानी गरेर किन जलविद्युत नै बनाउँछौं र ? अहिले कै जलविद्युत कम्पनीहरुले पनि त्यस क्षेत्रमा नै लगानी गर्न थाल्छन् । सरकारले पनि त्यही गर्छ ।’

अध्यक्ष हमालले बिजुली जस्तो विषय इण्डियामा निर्यात गर्ने कुरा चर्चा धेरै हुने गरे पनि यो वस्तु निर्यात गर्ने कुरा होइन् भने । उनले भने, ‘ठिकै छ, केही समयका लागि निर्यात गर्ने कुरा । हामी ठूलो व्यापार घाटा कम गर्नु पनि छ अहिले । तर कुनै पनि सोभरेन कन्ट्रीले इनर्जी सेक्युरिटि अर्काको हातमा दिँदैन् । म पोलिटिक्स गर्ने मानिस होइन् । तर देशको हित हेर्ने एउटा नागरिक त हो । देशभक्त कसैले पनि भन्ने कुरा के हो भने इनर्जि सेक्युरिटि अर्काको हात दिन हुँदैन, आफ्नो हातमा राख्नुपर्छ ।’ 

उर्जाको अभावको अवस्थामा नेपाल र भारतले आयात निर्यात गर्ने कुरा तत्कालका लागि बाध्यता भए पनि दीर्घकालका लागि यो निर्यात गर्ने कुरा हाम्रो हितमा हुँदैन भन्दै हमालले भारतमा खुल्ला बजार अर्थतन्त्र भएकाले उर्जा पनि कमोडिटिको रुपमा बिडिङ भएर खरीद बिक्री हुने बताए । बजार खुल्ला नै हुनुपर्ने उनको जोड छ । 
 

Advertisement

Advertisement