जुत्ता चप्पलको पाचौं दशैं व्यापार प्रवर्द्धन मेला आजदेखि भृकुटीमण्डपमा

Advertisement

काठमाडौं । जुत्ता चप्पलको पाचौं दशैं व्यापार प्रवर्द्धन मेला २०७९ आज भदौ ५ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । मेला २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

मेलामा ग्राहकले १० देखि ५० प्रतिशतसम्म छुट सुविधा र विभिन्न अफर पाउँनेछन् । तीसभन्दा धेरै ब्राण्डका करिव हजार मोडलका जुत्ता चप्पल राखिने यो मेला बिगतको भन्दा विशेष हुने आयोजकको भनाई छ ।  

Advertisement

फुटवयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले विगतमा पछि परेको नेपाली जुत्ता चप्पलको उत्पादनले पछिल्लो समय उपभोक्ताको मन जितेको बताए । 

उनले ६० प्रतिशतभन्दा धेरै बजार हिस्सा नेपाली उत्पादनले ओगट्न सफल भएको पनि बताए । युक्रेन– रुसको युद्ध, कोरोना महामारी तथा बैंकको बढ्दो ब्याजदरले कच्चा पदार्थ आयातमा समस्या पारेको बन्जाडेले बताए । 

स्वदेशी उत्पादनका बारेमा आमउपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने, स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न मेलाको माध्यमबाट व्यापक प्रचार प्रसार गर्ने, विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी यस्ता वस्तुको उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको यस मेलाले वास्तविक उपभोक्तासँग उत्पादकहरुले प्रत्यक्ष भेटी उनीहरुका गुनासा तथा राय सुझाव संकलन गर्न र कमी कमजोरीलाई सच्याउँदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउन पनि सहयोग पुग्ने विश्वास लिइएको छ । 

Advertisement