महोत्तरीका जम्सेदलाई सिटी एक्सप्रेस र टेलिमनी बैंकको बम्पर उपहार कार हस्तान्तरण

Advertisement

कठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरब स्थित टेलिमनी बैंकको बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण गरिएको छ । 

सिटी एक्सप्रेस रं टेलिमनी बैंकको संयुक्त आयोजनामा ‘नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस’ अफर उपहार योजना नोभेम्बर  १, २०२१ देखि ६ महिनाको  लागि सन्चालन भएको थियो   । 

Advertisement

सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाईल फोन, तीन  जनाले १० ग्राम सुन , तीन जनाले ५००० नगद साउदी रियाल, तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । 

ती सबै पुरस्कारहरु २ / २ / २ महिना गरी  ६  महिना सम्म बिधुत्तीय लक्की ड्र मार्फत  घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो । 

सोही योजना अनुरुप भदौ ३ गते साउदी स्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बीच बम्पर उपहार (निसान सन्नी) कार  विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । 

महोत्तरी राम गोपालपुर निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद बिगत ६ बर्षदेखी साउदीमा काम गर्दै आइरहेका छन् । उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । 

नेपाली राज दुतावासका मिसन उपप्रमुख दिलिपकुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डन, टेलिमनीका प्रमुख बसेम, अब्दुल्लाह ए बीन, जीतेन्द्र थपलिया (टेलिमनी रेमिटान्स म्यानेजर) र अन्य टेलिमनी बैंकका प्रतिनिधिहरुका साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको थियो । 
 

Advertisement