मुथुट फिनकर्प र आइएमईबीच सम्झौता, भारत रहेका नेपालीले सजिलै पैसा पठाउन सक्ने

Advertisement

काठमाडौँ । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा मुथुट फिनकर्प लिमिटेडका सीईओसाजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका छन् । 

Advertisement

इण्डियामा बुधबार आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

यस अवसरमा बोल्दै मुथुट फिनकर्प लिमिटेडका सीईओ वर्गीसले हाम्रा ३६०० शाखाहरू मार्फत भारतमा बसोबास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम भएको विश्वास व्यक्त गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट न पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले इण्डियामा आइएमईको पहुँच विस्तार भएको बताए । आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इण्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने धारणा राखे ।  

यस अवसरमा बोल्दै आइएमईका नैथानीले मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो–नेपाल रेमिटेन्स सेवामा अर्को कोसेढुङ्गा थपिनेछ, जहाँ ग्राहकहरूले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्ने बताए । यो साझेदारीले आफ्नो मेहनतको कमाइ नेपालका परिवारहरूलाई घर फर्काउनको लागि भरपर्दो र सुरक्षित प्लेटफर्म प्रदान गर्नेछ ।

नेपाली आप्रवासीहरूले मुथुट फिनकर्प लिमिटेडको ३६०० भन्दा बढी शाखाहरू मध्ये कुनै पनि शाखाबाट  नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्ने छन् ।
 

Advertisement