सेन्चुरी फुड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो आजबाट भृकुटीमण्डपमा सुरु

Advertisement

काठमाडौं । ‘सेन्चुरी फुड, बेभरेज एण्ड हस्पिटालिटी मेला २०२२’ आज शुक्रबारबाट भृकुटीमण्डपमा सुरु भएको छ । 

असोज २ सम्म चल्ने मेलामा खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहेको छ । कोरोना महामारीका कारण विगत तीन वर्षदेखि रोकिएको यो मेला यो बर्ष भने आयोजना गरिएको हो । 

Advertisement

कोरोनाका कारण मर्कामा परेका व्यवसायीका लागि पनि आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गर्न यो उपयुक्त र सहज माध्यम हुने आयोजकको विश्वास छ । 

मेला ३० हजारले आवलोकन गर्ने अनुमान गरिएको छ आगन्तुकले खाना, पेय पदार्थ र आथित्यतासम्वन्धी उत्पादन तथा सेवाहरुको बारेमा बुझ्ने अवसर पाउने छन् । 

करिब ६० प्रतिशत विगतको जस्तै र ४० प्रतिशत नयाँ उत्पादनहरु रहने सेन्चुरी फुड एण्ड ड्रिंक्स एण्ड हस्पिटालिटि एक्स्पोमा १५० स्टलमा पाँच हजार किसिमका उत्पादन तथा सेवाहरु प्रदर्शनीमा रहेका छन् । 

मिठा परिकारमा महत्वपूर्ण भूमिका खेल्नसक्ने खाना तथा पेय पदार्थका लागि एक पटक मेलामा अवलोकन गर्न अयोजकले आग्रह पनि गरेको छ । 

Advertisement